back
CTIZAN AD

बिजुलीको खम्बामा विज्ञापन टाँस्ने इन्स्टिच्युटका सञ्चालक पक्राउ

वि.सं.२०७३ माघ २१ शुक्रवार

780 

shares

२१ माघ, काठमाडौँ । बिजुलीको खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई काठमाडौँ महानगरपालिकाले विहिबार पक्राउ गरेको छ ।

कामपा, राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार नगर प्रहरीको टोलीले स्थानीय माइतीघर, सर्वाेच्च अदालत अगाडि हुँदै पुतली सडक क्षेत्रसम्मका बिजुलीका खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित कोरियाली भाषा पाठशालाका सञ्चालक दीपक राउत र डिफेन्स क्यारियर एकेडेमीका सञ्चालक प्रमोद ढुङ्गाना हुन् । सादा पोसाकमा खटिएका महानगरीय प्रहरीले तिनलाई पक्राउ गरेको थियो ।

दुवै कम्पनीलाई टाँसिएको विज्ञापन निकाल्न लगाई रु १५ हजार जरिवाना गराउने तयारी कामपाले गरेको छ । उहाँले भन्नुभयो, “राजस्व नतिरी गैरकानुनी रुपमा विज्ञापन गर्ने र सहरको सुन्दरतासमेत बिगार्ने गरी गरिएका विज्ञापनदातालाई अब फोहरमैला व्यवस्थापन ऐन, २०६८ को प्रावधानअनुसार कारबाहीको दायरामा ल्याउने काम सुरु भएको छ ।”

विसं २०७२ मा सर्वाेच्च अदालतले पनि सार्वजनिक स्थानमा सुन्दरता बिगार्ने गरी विज्ञापन टाँस्न नदिन आदेश गरिसकेकाले आदेश विपरीतको काम कुनै पनि हालतमा गर्न नदिने अठोट कामपाले गरेको छ ।

वि.सं.२०७३ माघ २१ शुक्रवार ०३:२६ मा प्रकाशित

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...