Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

बिजुलीको खम्बामा विज्ञापन टाँस्ने इन्स्टिच्युटका सञ्चालक पक्राउ



२१ माघ, काठमाडौँ । बिजुलीको खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई काठमाडौँ महानगरपालिकाले विहिबार पक्राउ गरेको छ ।

कामपा, राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार नगर प्रहरीको टोलीले स्थानीय माइतीघर, सर्वाेच्च अदालत अगाडि हुँदै पुतली सडक क्षेत्रसम्मका बिजुलीका खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित कोरियाली भाषा पाठशालाका सञ्चालक दीपक राउत र डिफेन्स क्यारियर एकेडेमीका सञ्चालक प्रमोद ढुङ्गाना हुन् । सादा पोसाकमा खटिएका महानगरीय प्रहरीले तिनलाई पक्राउ गरेको थियो ।

दुवै कम्पनीलाई टाँसिएको विज्ञापन निकाल्न लगाई रु १५ हजार जरिवाना गराउने तयारी कामपाले गरेको छ । उहाँले भन्नुभयो, “राजस्व नतिरी गैरकानुनी रुपमा विज्ञापन गर्ने र सहरको सुन्दरतासमेत बिगार्ने गरी गरिएका विज्ञापनदातालाई अब फोहरमैला व्यवस्थापन ऐन, २०६८ को प्रावधानअनुसार कारबाहीको दायरामा ल्याउने काम सुरु भएको छ ।”

विसं २०७२ मा सर्वाेच्च अदालतले पनि सार्वजनिक स्थानमा सुन्दरता बिगार्ने गरी विज्ञापन टाँस्न नदिन आदेश गरिसकेकाले आदेश विपरीतको काम कुनै पनि हालतमा गर्न नदिने अठोट कामपाले गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले