Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता



२१ मघ, काठमाडौँ । नेपाल तेक्वान्दो सङ्घमा आबद्ध युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा प्रथम काठमाडौँ अन्तर्राष्ट्रिय क्योरुगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप यसै महिनामा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने उक्त प्रतियोगिता यही माघ २७ देखि २९ गतेसम्म सञ्चालन गरिने विहिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नोर्बु लामाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रतियोगितामा नेपालसहित कोरिया, भारत, बङ्गलादेश, भुटान, मलेसिया, इन्डोनेसिया र सिङ्गापुर गरी करिब पाँचसय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा १२ देखि १४ वर्षको क्याडेट महिला तथा पुरुष, १५ देखि १७ वर्षको जुनियर महिला तथा पुरुष र १७ वर्ष माथिको सिनियर महिला तथा पुरुषको स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा फाईट (क्योरुगी) तर्फ ४० तथा पुम्सेतर्फ ३८ स्वर्ण गरी कुल ७८ स्वर्ण पदकका लागि भिड्न्त हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।