back
CTIZAN AD

कोलकत्ता विरुद्ध मुम्बईको शानदार जित, राहुल चाहरको घातक बलिङ्ग

वि.सं.२०७८ वैशाख १ बुधवार

798 

shares

१ वैशाख, काठमाडौँ । ५ पटक आईपिएलको उपाधि विजेता टिम मुम्बई इन्डियन्सले कोलकत्ता नाईट राइडर्स विरुद्ध शानदान जित हासिल गरेको छ । मुम्बईले रोमाञ्चक खेलमा कोलकत्तालाई १० रनलेले पराजित गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ्ग गरेको मुम्बई इन्डियन्सले २० ओभरमा १० विकेट गुमाएर १५२ रन बनाएको थियो । मुम्बईका लागि सूर्याकुमार यादवले सर्वाधिक ५६ रन बनाएका थिए । त्यसैगरी कप्तान रोहित शर्मा ४३, हार्दिक पांड्या १५ र कुणाल पांड्या १५ रन बनाएर आउट भएका थिए । कोलकत्ताका लागि बलिङ्गमा आन्द्रे रसलले २ ओभरमा १५ रन खर्चेर ५ विकेट हात पारेका थिए । त्यसैगरी प्याट कमिन्सले २ र वरुण चक्रवर्तीले १ विकेट लिएका थिए ।

मुम्बईले दिएको १५३ रनको समान्य लक्ष्य कोलकत्ताले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो । कोलकत्ताका लागि नितिश राणा र शुभमन गिलले मात्र दोहोरो अंकमा रन जोडेका थिए । नितिश राणा ५७ रन बनाएर आउट भएका थिए भने शुभमन गिल ३३ रन बनाएर आउट भएका थिए । मुम्बईका लागि बलिङ्गमा भने राहुल चाहरले सर्वाधिक ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसैगरी ट्रेन्ट बोल्टले २ र कुणाल पांड्या १ विकेट लिएका थिए ।

जितसँगै मुम्बई कोलकत्ता विरुद्धको खेलबाट २ अकं जोडेको छ ।

वि.सं.२०७८ वैशाख १ बुधवार ०९:२५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...