१ बैशाख, काठमाडौं । च्याम्पियन्स लिग क्वाटरफाइनल अन्तरगतका बाँकी दुई खेल आज हुदै छ । आज स्पेनिस च्याम्पियन रियल मड्रिड र इङलिस क्लब लिभरपुर भिड्दै छनभने जर्मन क्लब बोरुसिया डर्टमण्ड र इङलिस क्लब म्यान्चेष्टर सिटी भिड्दै छन् ।
पहिलो लिगमा रियलले उसैको घरेलु मैदानमा लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । उता, सिटीले पनि घरेलु मैदानमा डर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
पहिलो लेगमा पछि परेका यी दुबै टिम आजको खेलमा विपक्षी टिमका विरुद्ध आफ्नो घरेलु मैदानमा उत्रने हुदा त्यसको फाईदा लिने अवसर भने रहेको छ ।
रियल र लिभरपुर बिचको खेल लिभरपुलको घरेलु मैदान एनफील्डमा हुने छभने डर्टमण्ड र सिटी बिचको खेल डर्टमण्डको घरेलु मैदानमा हुने छ । खेल नेपाली समय अनुुसार रातको १२ : ४५ मा हुने छ ।
वि.सं.२०७८ वैशाख १ बुधवार १२:५४ मा प्रकाशित


























