back
CTIZAN AD

रु तीन करोड ३८ लाखमा विद्याश्रम निर्माण सुरु

वि.सं.२०७३ माघ २१ शुक्रवार

954 

shares

२१ माघ, इलाम । भारतीय राजदूतावासको सहयोगमा इलाम बरबोटे–१ तोरीबारीमा रु तीन करोड ३८ लाखको लागतमा विद्याश्रम भवन निर्माण सुरु भएको छ ।

दूतावासको सहयोगमा सप्तमाई गुरुकुल विद्याश्रममा चारतले २४ कोठे भवन निर्माण सुरु भएको हो । भवन अभावमा टहरामा चलिरहेको उक्त विद्याश्रममा भवन निर्माणका लागि भारतीय दूतावासले आर्थिक सहयोग गरेको हो । इलाम सदरमुकामस्थित बिरूवा कन्स्ट्रक्सन÷भगवती निर्माण सेवा जेभीले जिम्मा पाएको विद्यालयका प्रधानाध्यापक भोगेन्द्र दाहालले जानकारी दिनुभयो ।

विसं २०६५ सालमा स्थापित विद्याश्रममा बाल कक्षासहित १ देखि १० कक्षासम्म पठनपाठन हुने गरेको छ । एकसय २० विद्यार्थीमध्ये आवासीयरूपमा अध्ययन गर्ने विद्यार्थी ७० जना छन् । व्यवस्थित भवन नहुँदा विद्यार्थी टहरामा अध्ययन गर्न बाध्य छन् । “ठूलो पानी पर्दा, चर्को घाम लाग्दा र हुरीबतास चल्दा पठनपाठन नै रोक्नुपर्ने अवस्था थियो,” प्रधानाध्यापक दाहालले भन्नुभयो, “भवन बन्ने भएपछि चिन्ता हटेको छ ।”

स्थापनाकालमा सदरमुकामस्थित माईस्थान मन्दिरमा सञ्चालन गरिएको कक्षा केहीपछि बरबोटेमा सारिएको हो । स्थानीयस्तरका दाताबाट रकम सङ्कलन गरी विद्याश्रमले १७ रोपनी जग्गासमेत खरिद गरेको छ ।

संस्कृत वाङ्मय अध्ययनका लागि स्रोतकेन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्रले विद्यालय सञ्चालन गरेको हो । “जमिनको व्यवस्था गरेपनि भवनको अभावले समस्यामा थियौँ”, केन्द्रका उपाध्यक्ष गोविन्द पौडेलले भन्नुभयो, “दूतावासको सहयोगले थप हर्षित भएका छौँ ।”

इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विद्याश्रमको बुधबार शिलान्यास गर्नुभएको हो । १५ महिनापछि निर्माण सम्पन्न हुने भवन आवासीय सुविधासहितको हुने बताइएको छ ।

वि.सं.२०७३ माघ २१ शुक्रवार ०३:५२ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...