back
CTIZAN AD

भाइरल सम्झौताप्रति ईश्वर पोखरेलको टिप्पणी : विदेशीको काखमा सुत्नेले षडयन्त्र गरे

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

852 

shares

वैशाख ३, काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व विदेशीका दलालहरुले निरन्तर षडयन्त्र गरिरहेको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत ओलीले लिएका राष्ट्रवादी अडान र देशभक्तिपूर्णं कामलाई कमजोर देखाउन षडयन्त्र भईरहेको आरोप लगाए ।

हालै केहि सञ्चारमाध्यममार्फत प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलबीच भएको भनिएको सम्झौता सार्वजनिक भएको सन्दर्भमा उनले आपत्ती जनाउँदै उक्त गतिविधि घृणायोग्य र दण्डनीय भएको बताए ।

सामाजिक सञ्जालमार्फत उनले भने, ‘कुनैवेला विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाउन लाज नमान्नेहरू अहिले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् ! यस्ता काम घृणायोग्य र दण्डनीय छन् !’

बिहिबार केहि अनलाईन सञ्चार माध्यममा ओली र गोयलबीच भएको भनिएको सम्झौता भाईरल भईरहेको छ । जसलाई सरकारी पक्षले अस्वीकार गरेको छ । सम्झौतामा ओली सरकारलाई भारतले सहयोग गर्ने कुरा उल्लेख छ ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १२:२८ मा प्रकाशित