back
CTIZAN AD

विद्यार्थीमाथिको आक्रमणको नेविसंघद्वारा भत्सर्ना

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

717 

shares

३ वैशाख, काठमाडौँ । नेपाल विद्यार्थी संघले चितवनको खैरहनीमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत रामपुर कृषि क्याम्पसका विद्यार्थीमाथि भएको सांघातिक आक्रमणको निन्दा गरेको छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै विद्याको पवित्र मन्दिरमा भएको अपराधिक घटनाको घोर निन्द्या र भत्सर्ना गरेका छन् ।

हातहतियारसहित आएको जत्थाले क्याम्पसका ने। वि। ईकाई सभापति दिपेश बानिया सहित खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्यमाथि आक्रमण गरी घाइते भएको जानकारी दिँदै अध्यक्ष ढुंगानाले आक्रमणमा संलग्न सबैलाई गिरफ्तार गर्न र हदैसम्मको कार्वाही गर्न माग गरेका छन् ।

आक्रमणमा संलग्नलाई पक्री कार्वाही नगरे विद्यार्थीहरु आफै कार्वाही गर्न बाध्य हुने चेतावनीसमेत ढुंगानाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘विश्वविद्यालयलाई वैचारिक राजनीति गर्ने थलो बनाउनुको सट्टा भौतिक आक्रमण गर्ने रणभूमि बनाउने दुस्प्रयास कुनै पनि पक्षबाट नहोस्, डर र त्रासको वातावरण सृजना गरी राजनीतिक आधार खडा गर्ने सपना कसैले देखेको भए त्यसको गम्भिर दुष्परिणाम भोग्ने चेतावनी समेत दिन चाहन्छौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

फोटो स्रोत : सामाजिक सञ्जाल

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १९:३२ मा प्रकाशित

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौँ । प्रतिनिधिसभाको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि...

प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न

प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौँ । छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज...

बाँकेमा किरियापुत्रीद्वारा मतदान

बाँकेमा किरियापुत्रीद्वारा मतदान

खजुरा, (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको...

किरियापुत्रीद्वारा मतदान

किरियापुत्रीद्वारा मतदान

दमौली (तनहुँ) । व्यास नगरपालिका–११ मा दुई जना किरियापुत्रीले मतदान...

मालुमा पुनः मतदान सुरु, माइकिङ गरेर बोलाईदैँ मतदातालाई

मालुमा पुनः मतदान सुरु, माइकिङ गरेर बोलाईदैँ मतदातालाई

काठमााडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा पुनः मतदान...

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ...