back
CTIZAN AD

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

1.2K 

shares

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै माओवादी केन्द्रको सरकारलाई जोगाईदिएका छन् । शुक्रबार भएको मतदानमा पार्टी संसदीय दलको ह्वीपलाई उल्लंघन गर्दै उनीहरुले महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई जोगाईदिएका हुन् ।

फ्लोर क्रस गर्दै शाहीको पक्षमा एमालेका सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मतदान गरेका थिए । शाहीको पक्षमा मतदान गर्ने ४ सांसद एमालेको माधव नेपाल पक्षीय सांसदहरु हुन् ।

जसमध्ये ज्वाला र नन्दसिंह बुढा यसअघि प्रदेशका मन्त्रीसमेत भएका थिए । पार्टीको निर्देशनमा उनीहरु मन्त्रीबाट बाहिरिएका थिए ।
शुक्रबार भएको मतदानमा मुख्यमन्त्री शाहीको पक्षमा २२ सांसद र विपक्षमा १५ सांसदले मत गरेका थिए ।

शाही आबद्ध नेकपा (माओवादी केन्द्र)सँग १२ जना मात्रै सांसद छन् । जहाँ ६ सांसद रहेको नेपाली कांग्रेसले उनलाई घोषित समर्थन गरेको थियो ।

सम्बन्धित समाचार

महेन्द्रबहादुर शाहीले पाए विश्वासको मत, एमालेका सांसदले गरे ‘फ्लोरक्रस’

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १७:५७ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...