back

विद्यार्थीमाथिको आक्रमणको नेविसंघद्वारा भत्सर्ना

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

390 

shares
GLOBAL IME AD
NTC AD

३ वैशाख, काठमाडौँ । नेपाल विद्यार्थी संघले चितवनको खैरहनीमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत रामपुर कृषि क्याम्पसका विद्यार्थीमाथि भएको सांघातिक आक्रमणको निन्दा गरेको छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै विद्याको पवित्र मन्दिरमा भएको अपराधिक घटनाको घोर निन्द्या र भत्सर्ना गरेका छन् ।

हातहतियारसहित आएको जत्थाले क्याम्पसका ने। वि। ईकाई सभापति दिपेश बानिया सहित खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्यमाथि आक्रमण गरी घाइते भएको जानकारी दिँदै अध्यक्ष ढुंगानाले आक्रमणमा संलग्न सबैलाई गिरफ्तार गर्न र हदैसम्मको कार्वाही गर्न माग गरेका छन् ।

आक्रमणमा संलग्नलाई पक्री कार्वाही नगरे विद्यार्थीहरु आफै कार्वाही गर्न बाध्य हुने चेतावनीसमेत ढुंगानाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘विश्वविद्यालयलाई वैचारिक राजनीति गर्ने थलो बनाउनुको सट्टा भौतिक आक्रमण गर्ने रणभूमि बनाउने दुस्प्रयास कुनै पनि पक्षबाट नहोस्, डर र त्रासको वातावरण सृजना गरी राजनीतिक आधार खडा गर्ने सपना कसैले देखेको भए त्यसको गम्भिर दुष्परिणाम भोग्ने चेतावनी समेत दिन चाहन्छौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

फोटो स्रोत : सामाजिक सञ्जाल

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १९:३२ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...