६ बैशाख, काठमाडौं । मेलम्चीबाट पुर्ण परिमाणमा पानि काठमाडौं भित्रीएको छ । मेलम्चीबा उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को वितरण लाईनमा १७ करोड लिटर पानी थपिएको छ ।
काठमाडौंमा चैत १५ बाट मेलम्चीको पानि वितरण थालेको थियो । सुरुवातमा महाँकालचौरबाट बितरण सुरुभएको मेलम्चीको पानि हाल मिनभवन, खुमलटार, अनामनगर, बालाजु, महाराजगञ्ज लगायतका वितरण केन्द्रमार्फत वितरण भइरहेको छ ।
अब मेलम्चीको पानि भक्तपुर, कीर्तिपुर लगायतका क्षेत्रमा वितरण गर्ने तयारी गरेको केयूकेएलका प्रवक्ता प्रकाश राईले बताए । ‘मेलम्ची खानेपानी विकास सिमितिले १७ करोड लिटर पानी नै प्रणालीमा पठाएको छ । अब वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण गर्छौं ।’
वि.सं.२०७८ वैशाख ६ सोमवार १६:०० मा प्रकाशित






























