५ वैशाख, काठमडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल र मलेसिया बिचको खेलमा नेपाली राष्ट्रिय टिमले ९ विकेटले जित हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको मलेसियाको टिम १६.५ ओभरमा १०९ रन बनाएर अलआउट हुन पुगेको थियो । मलेसियाका लागि ब्याटिङ्गमा सय्यद अजीजले सर्वाधिक २७ रन बनाएका थिए भने नेपालका लागि बलिङ्गमा करण केसीले सर्वाधिक ३ विकेट हात पारेका थिए ।
मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य नेपालले १२.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । नेपालका ओपनर कुशल भुर्तेल र आशिफ शेखले लगातार दोस्रो खेलमा पनि सतकीय साझेदारी निभाएका छन । उनीहरुले पहिलो विकेटका लागि १०२ रनको साझेदारी निभाएका थिए ।
१०२ रनको साझेदारी पछि ओपनर आशिफ शेख ४२ बनाएर आउट भएका थिए । त्यसैगरी अर्का ओपनर कुलश भुर्तेलले नेपालका लागि टि-२० अन्तराष्ट्रिय क्रिकेटमा लगातार दोस्रो पटक अर्धसतक बनाएका छन । उनी ४१ बलमा ६१ रन बनाएर नटआउट रहेका थिए । मलेसियाको लागि एकमात्र विकेट विरनदीप सिंहले हात पारे ।
जितसँगै नेपाल २ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको पहिलो स्थानमा उक्लिएको छ । नेपालले भाली नेदरल्याण्डको सामना गर्ने छ ।
वि.सं.२०७८ वैशाख ६ सोमवार १६:०६ मा प्रकाशित


























