वैशाख ९, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताहरुले पार्टी एकता जोगाउन नेता तथा कार्यकर्तालाई सार्वजनिक अपिल गरेका छन् । बिहिबार नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा उनीहरुले एमालेको एकता जोगाउन सार्वजनिक अपिल गरेका हुन् ।
अपिलमा नेताहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी विभाजन गराउन उद्धत भएको आरोप लगाएका छन् । नेताहरुले ओलीले सुरुदेखि नै पार्टीमा भद्रगोल मच्चाउँदै आएको आरोप लगाएका छन् ।
नेताहरुले गलत नेतृत्व पार्टीमा आउँदा समस्या भएको बताएका छन् । खनाल–नेपालसहितका नेताहरुले आफुँहरुलाई पार्टीमा रहन नदिन अनेकन दाउपेचहरु गरिएका पनि आरोप लगाएका छन् ।
नेताहरुको निष्कर्ष छ एमाले जोगाउन सकिए नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न सकिन्छ । जसको लागि सबै नेता तथा कार्यकर्ताले प्रर्यत्न गर्न आवश्यक छ ।
यस्तो छ अपिल पत्र
वि.सं.२०७८ वैशाख ९ बिहीवार १५:०८ मा प्रकाशित





























