back
CTIZAN AD

मुख्यमन्त्री राईकी श्रीमती भन्छिन्–’प्रमाण देउ मेरा श्रीमानलाई कठघरामा उभ्याउन तयार छु’

वि.सं.२०७८ वैशाख १० शुक्रवार

927 

shares

मुख्यमन्त्री शेरधन राईकी श्रीमती जाङ्मु शेर्पाले आफ्ना श्रीमान गलत भएको प्रमाणित भएमा आफै कानूनको कठघरामा उभ्याउन तयार रहेको बताएकी छन् ।
शेर्पाले आफ्ना श्रीमानविरुद्ध लामो समयदेखि चरित्र हत्या मात्र होइन, उनको ब्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियोजित षडयन्त्र हुदै आएको र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुदै आएको कुराम आफु जानकार रहेको बताएकी छन् ।

‘म पनि एउटा सचेत महिला हुँ, न्याय अन्याय सबै कुरा बुझ्छु त्यतिमात्र होइन, अन्यायको बिरुद्व बोल्ने र लडने सामाजिक सेवा कर्मी पनि हुँ !,’ उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्, ‘तर बिना प्रमाण, बिना गल्ति र दोष बिना एउटा महिलाको नाममा यो हदसम्मका महिलाहरु पनि हुँदा रहेछन भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन यो ज्यादै नै दुखद छ ! मेरो श्रीमानले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु !’

उनले आफ्ना श्रीमानको गल्ति छैन भन्दा भन्दै बा कतै चुक्नु भएको पो छ कि भनेर आफूलाई पहिले भ्रम रहेपनि उनको जीवन साथी भइसकेपछि वास्तविक तथ्यहरु बुझ्दा सय होइन हजार लाख प्रतिशत आफ्ना श्रीमान निर्दोष रहेको पनि उनले बताएकी छन् ।

समाजिक संजाल र युटुबहरुमा भाइरल बनाइएकाे घटना र बिषयले मेराे गंभीर ध्यानाकर्षण भएकाे छ ! मेराे श्रीमान बिरुद्व बिगत…

Posted by Jangmu Enn Sherpa on Thursday, April 22, 2021

‘निर्दाेष हुनुहुदो रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरुको खोजी गर्दा पत्ता लगाएको छु ! मेरो श्रीमानले सायद एकपटक सार्बजनिक कार्यक्रममा बोल्नु भएको छ ! स्वयम त्यही महिलाले वहाँ निर्दाेष हुनुहुन्छ, मैले अरुको उक्साहटमा वहाँलाई आरोप लगाएको भनेर न्यायलयमा, पार्टी कार्यलय र मिडियाहरुमा स्वयमको हस्ताक्षरमा लिखतहरु सार्बजानिक गरिसकेकी छिन,’ शेर्पाले लेखेकी छन्, ‘तर फेरि आज त्यही मान्छेद्वारा त्यस्तो हर्कत, यसलाई के भन्ने ? गल्ति नगर्ने, कही कतै नचुक्ने तर सुनियोजीत, प्रायोजीत ढंगबाट अरु कुनै केही गल्ति कमजोरी नपाएर, आफ्नो राजनीतिक सफलता र उचाइबाट इश्र्या डाह गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरुसंग के प्रतिबाद गर्ने भनेर चुप लागेर मेरो श्रीमान बस्नु भएको भएपनि मलाई लाग्छ अब चुप लागेर बस्नु हुदैन, कानूनी, प्रशासनिक लगायतका बाटाहरुको अवलम्बन गर्नुपर्छ !’

विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित एमालेको पार्टी कार्यालय निरीक्षण गर्न गएका बेला बालिका खड्काले मुख्यमन्त्री राईलाई तथानाम गाली गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । मुख्यमन्त्री राई पनि सो कार्यक्रममा सहभागी रहेका थिए ।
बालिकाले केही समयदेखि मुख्यमन्त्री राईले आफुलाई विचल्ली पारेको आरोप लगाउँदै आएकी छन् ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार १५:०५ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...