१० वैशाख, काठमाडौं । धनगढी एफसीको कप्तानको जिम्मेवारी राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । शनिवारदेखि सुरू हुने नेपाल सुपर लिग (एनएसएल) का लागि किरण धनगढी एफसीमा आइकोनिक प्लेअरको रुपमा अनुबन्ध भएका थिए ।
यसअघि टिम अक्सनमा नेपाली राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई धनगढीले मार्की प्लेअरको रुपमा अनुबन्ध गरेको थियो । टिम अक्सन बाट नभइ पछि आइकोनिक प्लेअरको रुपमा टिममा अनुबन्ध गरेको धनगढीले किरनलाई कप्तान बनाएको हो ।
गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको फेन्चाइज टिमको मुख्य प्रायोजकमा किया मोर्टस रहेने छ । नाइजेरियन फुजा तोपे प्रमुख प्रशिक्षक रहने धनगढीले दुई बिदेशी खेलाडी समेत टिममा अनुबन्ध गरिसकेको छ ।
वि.सं.२०७८ वैशाख १० शुक्रवार १५:४५ मा प्रकाशित




























