back
CTIZAN AD

दन्त सर्जनले पनि क्लिनिक खोल्न पाउनुपर्ने माग

वि.सं.२०७३ माघ २२ शनिवार

744 

shares

२२ माघ,काठमाडौँ  । दन्त सर्जनहरुले आफूहरुले पनि क्लिनिक खोली बिरामीलाई सेवा दिन पाउनुपर्ने बताएका छन् ।

नेपाल डेन्टल साइन्स एसोसिएसन र नेपाल डेन्टल हाइजिनिष्ट एसोसिएसनको संयुक्त आयोजनामा आज राजधानीमा आयोजित ‘दन्त स्वास्थ्यकर्मीको संयुक्त भेला’ मा दन्त विशेषज्ञ ग्रामीण क्षेत्रमा नजाने भएकाले दन्त सर्जनले क्लिनिक खोली सेवा दिन पाउनुपर्ने माग गरेका हुन् ।

सरकारले दन्त विशेषज्ञले मात्र क्लिनिक खोल्न पाउने व्यवस्था सान्दर्भिक नभएको भन्दै उनीहरुले त्यसलाई परिमार्जन गर्नुपर्ने बताए ।

नेपालमा पाँच वर्ष दन्त विशेषज्ञ पढेका चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् भने दन्त सर्जन, सहायक दन्त सहायकको तीन वर्षको अध्ययन पूरा गरेका नेपाल स्वास्थ्य व्यवसायी परिषद् र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा दर्ता भई काम गर्ने गरेका छन् । सरकारले दन्त विशेषज्ञले मात्र क्लिनिक खोल्न पाउनुपर्ने व्यवस्था गरेको छ ।

शिक्षा मन्त्री धनीराम पौडेलले यो विषयमा आफू सकारात्मक भएको भन्दै सोही विषयमा जानकारी र सीप हासिल गरेकाहरुले पनि काम गर्ने उचित वातावरण पाउनुपर्ने बताउनुभयो ।

उहाँले व्यावसायिक प्रमाणपत्रको सरकारले कदर गरी उनीहरुलाई पनि योग्यताअनुसारको सेवा गर्ने मौका दिइने बताउनुभयो ।

सिटिइभिटीका निर्देशक महेश भट्टराईले सरकारले नै उत्पादन गरेको जनशक्तिलाई स्वीकार गरी सेवा गर्ने मौका दिनुपर्ने बताउनुभयो ।

नेपाल डेन्टल साइन्स एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्लिनिक बन्द गरी क्षणिक चर्चा कमाउन खोजेको तर समस्या समाधान गर्न अपुरो नीतिलाई सच्याउन ध्यान नदिएको आरोप लगाउनुभयो ।

उहाँले सरकारले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० लाई परिमार्जन गरी दन्त सर्जन र दन्त सहायकलाई पनि सम्बोधन गरिनुपर्ने बताउनुभयो । नेपाल डेन्टल एसोसिएसनका महासचिव डा मनोज हुमागार्इंले दन्त सर्जनलाई दन्त विशेषज्ञको जिम्मेवारी दिनै नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो – “दन्त चिकित्सकले गर्ने काम दन्त सर्जन र दन्त सहायकले गर्छु भन्नु उचित होइन । सरकारले राजधानी बाहिर विशेषज्ञ पठाउन दरबन्दी सिर्जना गरी बाहिर जाने वातावरण बनाउनुपर्छ । तर विशेषज्ञ जाँदैनन्, त्यसैले दन्त सर्जनले सेवा दिन पाउनुपर्छ भन्ने भनाइ ठीक होइन ।’’

वि.सं.२०७३ माघ २२ शनिवार १३:३१ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...