back

दन्त सर्जनले पनि क्लिनिक खोल्न पाउनुपर्ने माग

वि.सं.२०७३ माघ २२ शनिवार

384 

shares
GLOBAL IME AD
NTC AD

२२ माघ,काठमाडौँ  । दन्त सर्जनहरुले आफूहरुले पनि क्लिनिक खोली बिरामीलाई सेवा दिन पाउनुपर्ने बताएका छन् ।

नेपाल डेन्टल साइन्स एसोसिएसन र नेपाल डेन्टल हाइजिनिष्ट एसोसिएसनको संयुक्त आयोजनामा आज राजधानीमा आयोजित ‘दन्त स्वास्थ्यकर्मीको संयुक्त भेला’ मा दन्त विशेषज्ञ ग्रामीण क्षेत्रमा नजाने भएकाले दन्त सर्जनले क्लिनिक खोली सेवा दिन पाउनुपर्ने माग गरेका हुन् ।

सरकारले दन्त विशेषज्ञले मात्र क्लिनिक खोल्न पाउने व्यवस्था सान्दर्भिक नभएको भन्दै उनीहरुले त्यसलाई परिमार्जन गर्नुपर्ने बताए ।

नेपालमा पाँच वर्ष दन्त विशेषज्ञ पढेका चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन् भने दन्त सर्जन, सहायक दन्त सहायकको तीन वर्षको अध्ययन पूरा गरेका नेपाल स्वास्थ्य व्यवसायी परिषद् र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा दर्ता भई काम गर्ने गरेका छन् । सरकारले दन्त विशेषज्ञले मात्र क्लिनिक खोल्न पाउनुपर्ने व्यवस्था गरेको छ ।

शिक्षा मन्त्री धनीराम पौडेलले यो विषयमा आफू सकारात्मक भएको भन्दै सोही विषयमा जानकारी र सीप हासिल गरेकाहरुले पनि काम गर्ने उचित वातावरण पाउनुपर्ने बताउनुभयो ।

उहाँले व्यावसायिक प्रमाणपत्रको सरकारले कदर गरी उनीहरुलाई पनि योग्यताअनुसारको सेवा गर्ने मौका दिइने बताउनुभयो ।

सिटिइभिटीका निर्देशक महेश भट्टराईले सरकारले नै उत्पादन गरेको जनशक्तिलाई स्वीकार गरी सेवा गर्ने मौका दिनुपर्ने बताउनुभयो ।

नेपाल डेन्टल साइन्स एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्लिनिक बन्द गरी क्षणिक चर्चा कमाउन खोजेको तर समस्या समाधान गर्न अपुरो नीतिलाई सच्याउन ध्यान नदिएको आरोप लगाउनुभयो ।

उहाँले सरकारले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० लाई परिमार्जन गरी दन्त सर्जन र दन्त सहायकलाई पनि सम्बोधन गरिनुपर्ने बताउनुभयो । नेपाल डेन्टल एसोसिएसनका महासचिव डा मनोज हुमागार्इंले दन्त सर्जनलाई दन्त विशेषज्ञको जिम्मेवारी दिनै नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो – “दन्त चिकित्सकले गर्ने काम दन्त सर्जन र दन्त सहायकले गर्छु भन्नु उचित होइन । सरकारले राजधानी बाहिर विशेषज्ञ पठाउन दरबन्दी सिर्जना गरी बाहिर जाने वातावरण बनाउनुपर्छ । तर विशेषज्ञ जाँदैनन्, त्यसैले दन्त सर्जनले सेवा दिन पाउनुपर्छ भन्ने भनाइ ठीक होइन ।’’

वि.सं.२०७३ माघ २२ शनिवार १३:३१ मा प्रकाशित

दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु

दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु

काठमाडौँ । ट्राफिक प्रहरीले आज बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे...

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अमेरिकामा सम्पन्न...

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

भोजपुर । जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह...

मुङखेती गर्ने किसानलाई अनुदान

मुङखेती गर्ने किसानलाई अनुदान

कञ्चनपुर । मुङखेती गर्ने किसानलाई शुक्लाफाँटा नगरपालिकाले अनुदान दिने भएको...

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार घटेर...

‘गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ’

‘गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ’

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक...