back
CTIZAN AD

भारतबाट फर्किने गम्भीर संक्रमित, दिल्लीबाट आउने ९० प्रतिशतमा संक्रमण

वि.सं.२०७८ वैशाख १५ बुधवार

900 

shares

१५ बैशाख, काठमाडौं । भारतको दिल्लीबाट ४० वर्षीय पुरुष सोमबार अर्धचेत अवस्थामा कन्चनपुको गड्डाचौकीमा आइपुगे । कोरोना संक्रमणको कारण गम्भीर भएका उनलाई नाकाबाट सोझै महेन्द्रनगरस्थित महाकाली अस्पताल पुर्याइयो ।

आईसीयुमा उपचार भइरहेको उनको प्रश्वास सम्बन्धी समस्या बढ्दै गएपछि सोमबार राति नै मृत्यु भयो । सोमबार गड्डाचौकी नाकामा श्वासप्रश्वासका गम्भीर समस्या भएका दुईै संक्रमित आइपुगेका थिए । उक्त, दिन भित्रिएका ४ सय ४६ मध्ये २ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

‘मंगलबार पनि तीनजना श्वासप्रश्वासको गम्भीर समस्या भएका संक्रमित भित्रिएका छन्,’ ‘गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज आकाश बारुडीले भने, ‘संक्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दो छ ।’ उनका अनुसार मंगलबार १ सय ९५ को ऐन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो । ‘भारतबाट फर्किनेमा संक्रमण बढी देखिन थालेको छ, उनीहरु गम्भीर अवस्थाका समेत आउन थालेका छन्,’ बारुडीले भने, ‘ दिल्लीबाट फर्किने ९० प्रतिशत संक्रमित छन् ।’

गड्डाचौकी नाकामा फागुन २८ देखि हालसम्म ४ हजार ७ सय ७१ जनाको ऐन्जिेन परीक्षण गर्दा ३ सय ६० जनामा संक्रमण पुष्टि भइसकेको पनि बुधबारको कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७८ वैशाख १५ बुधवार ०९:३६ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...