back

भारतबाट फर्किने गम्भीर संक्रमित, दिल्लीबाट आउने ९० प्रतिशतमा संक्रमण

वि.सं.२०७८ वैशाख १५ बुधवार

459 

shares
GLOBAL IME AD
NTC AD

१५ बैशाख, काठमाडौं । भारतको दिल्लीबाट ४० वर्षीय पुरुष सोमबार अर्धचेत अवस्थामा कन्चनपुको गड्डाचौकीमा आइपुगे । कोरोना संक्रमणको कारण गम्भीर भएका उनलाई नाकाबाट सोझै महेन्द्रनगरस्थित महाकाली अस्पताल पुर्याइयो ।

आईसीयुमा उपचार भइरहेको उनको प्रश्वास सम्बन्धी समस्या बढ्दै गएपछि सोमबार राति नै मृत्यु भयो । सोमबार गड्डाचौकी नाकामा श्वासप्रश्वासका गम्भीर समस्या भएका दुईै संक्रमित आइपुगेका थिए । उक्त, दिन भित्रिएका ४ सय ४६ मध्ये २ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

‘मंगलबार पनि तीनजना श्वासप्रश्वासको गम्भीर समस्या भएका संक्रमित भित्रिएका छन्,’ ‘गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज आकाश बारुडीले भने, ‘संक्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दो छ ।’ उनका अनुसार मंगलबार १ सय ९५ को ऐन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो । ‘भारतबाट फर्किनेमा संक्रमण बढी देखिन थालेको छ, उनीहरु गम्भीर अवस्थाका समेत आउन थालेका छन्,’ बारुडीले भने, ‘ दिल्लीबाट फर्किने ९० प्रतिशत संक्रमित छन् ।’

गड्डाचौकी नाकामा फागुन २८ देखि हालसम्म ४ हजार ७ सय ७१ जनाको ऐन्जिेन परीक्षण गर्दा ३ सय ६० जनामा संक्रमण पुष्टि भइसकेको पनि बुधबारको कान्तिपुर दैनिकमा समाचार छ ।

 

वि.सं.२०७८ वैशाख १५ बुधवार ०९:३६ मा प्रकाशित

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

गण्डकी । पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५०...

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको...

आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह

आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो...