back
CTIZAN AD

हत्या गरी फालिएको अवस्थामा महिलाको शव भेटियो

वि.सं.२०७३ माघ २३ आइतवार

852 

shares

२३ माघ, खोटाङ । हत्या गरेर फालिएको अवस्थामा खोटाङमा एक महिलाको शव फेला परेको छ । जिल्लाको दक्षिणी गाविस डम्वर्खुशिवालय–१ स्थित काभ्रेखोलामा हत्या गरेर फालिएको महिलाको शव शनिबार दिउँसो फेला परेको हो ।

मृत फेला परेकी अन्दाजी २८÷३० वर्षीया महिलाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी पु¥याइएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो ।

घटनास्थलमा आलै रगत र मृत महिलाको घाँटी तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या नै गरिएको हुनसक्ने प्रनाउ प्रधानको भनाइ छ ।

अहिलेसम्म हुलिया नखुलेकी मृत महिलाले रातो स्विटर, नाकमा फुली र हातमा चुरा लगाएकी घटनास्थल पुगेका प्रहरीले जनाएका छन् । घटनाको अवस्था हेर्दा गएराति उनको हत्या भएको अनुमान गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

खोलाको भौडीमा फालिएको अवस्थामा महिलाको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीका अनुसार आर्य मूलको अनुहार देखिने मृत महिला सो गाविसको नभएको बताइएको छ ।

वि.सं.२०७३ माघ २३ आइतवार ०३:१८ मा प्रकाशित

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...

आधा दर्जन पुल अलपत्र

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट) । रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...