Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

हत्या गरी फालिएको अवस्थामा महिलाको शव भेटियो



२३ माघ, खोटाङ । हत्या गरेर फालिएको अवस्थामा खोटाङमा एक महिलाको शव फेला परेको छ । जिल्लाको दक्षिणी गाविस डम्वर्खुशिवालय–१ स्थित काभ्रेखोलामा हत्या गरेर फालिएको महिलाको शव शनिबार दिउँसो फेला परेको हो ।

मृत फेला परेकी अन्दाजी २८÷३० वर्षीया महिलाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी पु¥याइएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो ।

घटनास्थलमा आलै रगत र मृत महिलाको घाँटी तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या नै गरिएको हुनसक्ने प्रनाउ प्रधानको भनाइ छ ।

अहिलेसम्म हुलिया नखुलेकी मृत महिलाले रातो स्विटर, नाकमा फुली र हातमा चुरा लगाएकी घटनास्थल पुगेका प्रहरीले जनाएका छन् । घटनाको अवस्था हेर्दा गएराति उनको हत्या भएको अनुमान गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

खोलाको भौडीमा फालिएको अवस्थामा महिलाको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीका अनुसार आर्य मूलको अनुहार देखिने मृत महिला सो गाविसको नभएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ