back
CTIZAN AD

ताकममा ढङ्गाखानी फेला

वि.सं.२०७३ माघ २३ आइतवार

792 

shares

२३ माघ, म्याग्दी (बेनी) । पश्चिम म्याग्दीको ताकम गाविस–८ मच्छिममा सडक विस्तारका क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ ।

जिविस, म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक ठूलो खानी भेटिएपछि स्थानीयवासी उत्साहित भएका छन् । घर, मठमन्दिर, सडक तथा विभिन्न प्रयोजनमा प्रयोग गर्ने आकर्षक ढुङ्गा फेला परेको ताकम सिवाङका गिरिप्रसाद छन्त्यालले बताउनुभयो ।

विगतमा समेत गाउँमा प्रयोग गरिएको भए पनि सडक विस्तारका क्रममा ठूलो स्रोत फेला परेपछि स्थानीयवासी दङ्ग परेको छन्त्यालको भनाइ छ । ढुङ्गा खानी भेटिएपछि स्थानीयवासीले रेशम छन्त्यालको संयोजकत्वमा प्रारम्भिक व्यवस्थापनका लागि समितिसमेत बनाएका छन् ।

स्थानीयवासीले उत्खननसमेत गर्न थालेका छन् । सडक आसपासका लाखौँ मूल्यका ढुङ्गा भेटिएपछि वार्षिक रु १० लाखसम्म दिने तथा सडकका लागि आवश्यक पर्ने डोजर निःशुल्क गरिनेसम्मको प्रस्ताव आएको गाउँलेको भनाइ छ । बस्तीभन्दा टाढा रहेकाले पनि खानी उत्खननमा कुनै असर नगर्ने स्थानीयवासीको भनाइ छ ।

ढुङ्गाखानीलाई व्यावसायिक रुपमा सञ्चालन गरी गाउँमा रहेको भूमे निमावि सञ्चालनसहित गाउँको विकासमा खर्च गर्ने सोचमा रहेको स्थानीयवासीको भनाइ छ । सडकका दुवैतर्फ भेटिएका ढुङ्गाको मुदी, मुना, ताकमलगायत क्षेत्रबाट समेत माग आउन थालेको छ । रासस

वि.सं.२०७३ माघ २३ आइतवार ०३:३७ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...