back
CTIZAN AD

भालु आतङ्क

वि.सं.२०७३ माघ २३ आइतवार

984 

shares

२३ माघ, सल्यान । पश्चिमी क्षेत्रका गाविसमा भालुले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् ।

कालीमाटी रामपुर, लक्ष्मीपुर र निगाल्चुलामा भालुले मानिसलाई घरमै आएर आक्रमण गर्न थालेको छ । भालुले यही माघ १७ गते कालीमाटी रामपुर–६ कालाखोला निवासी ५४ वर्षीय डम्बरबहादुर वलीलाई राति आक्रमण गरी गम्भीर घाइते बनाएकामा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि पनि भालुले कालिमाटी रामपुरका दुई र लक्ष्मीपुर गाविसका एक जनालाई आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीयवासी वीरबहादुर वलीले जानकारी दिनुभयो ।

“साँझ ५ बजेपछि बच्चासहित भालु गाउँमा आउँछ, बाटोमा हिँड्ने जोसुकैलाई पनि आक्रमण गरेर घाइते बनाउँछ । भालुले गाउँमा आतङ्क मच्चाउन थालेपछि हामीहरु त्रसित छौँ”, कालीमाटी रामपुर–३ सिमलकुनाका कुलप्रसाद भण्डारीले भन्नुभयो ।

भालुले गाउँमा आएर मौरीका घारमा पसेर खान थालेको कालिमाटी रामपुर–६ का चन्द्रबहादुर वलीले जानकारी दिनुभयो । तीन महिनादेखि भालुले आतङ्क फैलाएपछि मानिस मेलापात, जङ्गल जान छाडेको लक्ष्मीपुर–१ का नारायण खत्रीले जानकारी दिनुभयो ।

“जङ्गलको बाटो छ, एक्लै हिँड्न सकिँदैन, मोटरसाइकलमा चढेकालाई समेत लखेट्न थालेको छ”, खत्रीले भन्नुभयो । भालुले सताउन थालेपछि ५ बजे नै गाउँघर सुनसान हुन थालेको छ । जङ्गलमा खानेकुरा कम हुन थालेपछि भालु गाउँघरमा पस्न थालेको निगाल्चुला–४ का गोविन्द डाँगीले जानकारी दिनुभयो ।

वि.सं.२०७३ माघ २३ आइतवार ०३:४० मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...