back
CTIZAN AD

आठ मार्चका दिन वनभोज कार्यक्रम गरिँदै

वि.सं.२०७३ माघ २३ आइतवार

1.2K 

shares

“सम्पूर्ण श्रमिक महिलाहरु एक हौं समान अधिकारको लागि सघर्ष गरौ”  भन्ने मूलनाराका साथ कतार नेपाली एकता समाजले आगामी ३ मार्च २०१७ का दिन बृहत वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गर्न लागिएको उक्त वनभोज कार्यक्रममा उपस्थित भइदिन सम्पूर्ण महिला दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गरिएको छ ।
कार्यक्रम आयोजना गर्नुको उद्देश्य बारे प्रकाश पार्दे महिला विभागका अध्यक्ष अमिना खान भन्नुहुन्छ – रुसमा समाजवादी व्यवस्थाको स्थापना भई सकेपछि मजदूर किसान महिलाको विद्यमान भेदभावमुलक अवस्थामा आमुल परिवर्तन भई उनीहरुलाई पुर्ण स्वतन्त्रता र समानता प्रदान गर्नमा ठूलो योगदान पुग्यो । महिलाको आधारभूत समस्याको समाधान र उनीहरुको उन्नती समाजवादी व्यवस्थामा मात्र सम्भव भयो महिलाले जीवनका हरेक क्षेत्रमा पुरुष सरह समानता र स्वतन्त्रका प्राप्त गरेपछि रुसी महिलाको जीवनमा ठूलो परिवर्तन आयो र उनीहरुले जीवनका धेरै क्षेत्रमा विकास गरे । जब रुसमा समाजवादी व्यवस्था स्थापना भयो पूँजीवादी रुसबाट महिलालाई हीन र लाचार दुःखी बनाउने गरी निर्माण गरिएका सम्पूर्ण असमान कानुनहरुको अन्त गरियो र महिला र पुरुषको बीचमा पुर्ण समानता कायम गर्ने कानुनहरु निर्माण गरियो । देवानी कानुनमा पारिवारिक कानुन जसले परिवारमा महिलाको स्थिति निधारर्ण गर्दछ, विवाह र सम्बन्ध विच्छेद सम्बन्धी कानुनहरु लगायतका सम्पूर्ण कानुनमा भएका विद्यमान अन्यायपुर्ण व्यवस्थाहरुको पूर्णरुपमा अन्त्य गरियो । उक्त समान कानुन निर्माण सम्बन्धी व्यवस्थाका बारेमा लेनिनले १९१९ को गैर पार्टी मेहेनत कस महिला सम्मेलनमा भनेका छन् निःसन्देह कानुन मात्र काफी छैन र हामी कुनै पनि हालतमा उपयुक्त कानुनी निर्देशन जारी गरेर मात्र सन्तुष्टि छैनौं । कानुनको क्षेत्रमा महिलालाई पुरुष बराबर बनाउनको लागि हामी महिला दिदीबहिनीहरुको पनि त्यतिकै जम्मेवारी भएको हुनाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन गएको बताउनु भएको छ ।

कार्यक्रम तालिका
मिति : ०३ /०३/२०१७
स्थान : समाल पब्लिक गार्डेन
समय :  विहान १० वजे

आायोजक
कतार नेपाली एकता समाज महिला विभाग

सम्पर्क
सनैया : खिम बूढा मगर ७७४३६५१
धनबहादुर : परियार ५५७८९७२६
सहलिया : लक्ष्मण कोइराला ३३०१०३६२
शअलखोर : रामप्रसाद पराजुली ५५८९८४२७
दोहा : विष्णु थापा ५५८९७०५८
अमिनाखान : ७७४६९५३१
व्क्रा : सत्यबहादुर पुन ६६७०९८७०

वि.सं.२०७३ माघ २३ आइतवार ०४:४४ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...