back
CTIZAN AD

डाँडाकाँहु विपद्मा सहयोगक्रम जारी, समितिले सार्वजनिक गर्यो हिसाव बिबरण

वि.सं.२०७८ वैशाख २२ बुधवार

666 

shares

२२ बैशाख, पैयु । पर्वत जिल्लाको पैञ्यु गाउँपालिका ६ डाँडाकाँहुमा भएको भीषण आगलागीबाट पीडितलाई एकद्धार प्रणालीमार्फत् सहयोग गर्ने क्रम जारी रहेको छ ।
चैत २७ गते खरभीरबाट सुरु भएको सो भीषण आगलागीले एउटा बस्ति नै उजाड (८ वटा घर पुर्ण प्रभावित र २ वटा घर आंशिक तथा १५ वटा गोठ पुर्ण क्षति) बनाएको थियो । क्षतिको वास्तविक लागत उतारेर मानवीय सहयोग जुटाउन तथा न्यायोचित वितरणको प्रक्रिया मिलाउन स्थानीय विपद् व्यवस्थापन समिति गठन गरीएको थियो ।

यस्तो छ अहिलेसम्मको सहयोग विवरण
चैत २७ गते आगलागी हुँदा तत्कालको विपद् व्यवस्थापनका लागि पैञ्यु गाउँपालिकाबाट पुर्ण प्रभावित ५ परिवारका लागि चामल ५० केजीको दरले र नुन–चीनी २–२ किलो, तेल २ लिटर, वेसार, मसला, ओड्ने ओछ्याउने वेड ३÷३ सेट, जलेको गोठको लागि १५ वटा टाट तथा प्रति परिवार १० हजारका दरले सहयोग पुगेको थियो ।
यसैगरी ‘बोलबम समुह’ वालिङबाट चामल ६ कट्टा, १५ वटा टाट, नुन–तेल–चीनी एवं सबैभन्दा बढी प्रभावित मानिएका शेर प्रसाद गौतमलाई ७ हजार नगद दिइएको थियो । यसैगरी नेपाल रेडक्रस पर्वत शाखाले ५ वटा किचन सेट तथा ५ वटा टाटको व्यवस्था गरिदिएको थियो । यसैगरी प्रदेश सरकारका मन्त्री विकास लम्साल तथा पर्वत जिल्ला प्रशासनका प्रशासकिय अधिकृत विमल प्रसाद गौतमको उपस्थितिमा ८ वटा भत्केको घरका लागि भनि १०÷१० हजार नगद सहयोग एवं चिनिया टेन्ट ५ थान तथा बस्न मिल्ने त्रिपाल १२ थान सरकारका तर्फबाट हस्तान्तरण गरिएको थियो ।

यसैगरी हाँडिखर्क युवा क्लवले ६ वोरा चामल, तेल ६ पोका तथा नुन र चीनी हस्तान्तरण गरेको छ भने पुर्णचन्द्र भुसाल (उराम) को नाममा स्थापीत पुर्णचन्द्र ट्रष्टको नाउँमा छोरा सुन्दर र कृष्ण प्रसाद भुसालले ९० हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए् । बढी प्रभावित शेर प्रसाद गौतमकी श्रीमतीका लागि जिविस समन्वय समिति पर्वतकी उपसभापति यामकुमारी रानाले लत्ताकपडा उपलब्ध गराएकी थिइन् ।

यस्तो छ नगद सहयोगको विवरण
बैशाख २० गते विहानसम्मको प्राप्त विवरण अनुसार स्थानीय नेत्र प्रसाद सापकोटाबाट ५ सय नगद सहित सहयोग सुरु भएको थियो । साथै गंगाधर न्यौपाने २ हजार १ सय , हाडिखर्कका लाल बहादुर क्षेत्री ६ हजार, ओम बहादुर परियार २ हजार, लोक बहादुर क्षेत्री ३ हजार, तेज प्रसाद पौडेल १ हजार, कृष्ण प्रसाद श्रेष्ठ तत्काल नगद १ हजार तथा अन्य सहयोग जुट्दै, यज्ञ प्रसाद तिवारी तथा कौशिला तिवारी ५ हजार, वुद्धराज तिवारी २ हजार र निर्भिक नारायणमार्फत् मुक्ति प्रसाद भुर्तेल (हाल युएई) १० हजार सहयोग प्रदान गरिएको थियो ।

No description available.

यसैगरी अन्तराष्ट्रिय पर्वत समाजका कृष्ण प्रसाद तिवारी मार्फत् आएको सहयोग जयनारायण तिवारीबाट हस्तान्तरण भएको थियो । जसमा कृष्णप्रसाद तिवारी सरौंखोला हाल बेल्जियमको नाउँमा ५० हजार, उनका दुई विद्यार्थी छोरीहरु आस्था तिवारी र निष्ठा तिवारीका नाउँमा १० हजार उनकै भतिज विनोद तिवारीबाट ५० हजार गरी १ लाख १० हजार सहयोग हस्तान्तरण भएको थियो ।

No description available.

 

यसैगरी नेपाली कांगे्रसका नेता अर्जुन जोशिबाट १५,०००, याम मल्ल २०,०००, राजेन्द्र तिवारी १५,०००,गंगाधर तिवारी १५,००० र रामचन्द्र तिवारीबाट ५,००० सहयोग प्राप्त भएको थियो भने प्रगतिशिल सामाजिक संस्था, न्यु शिवालय आमा समुह उरामबाट ४५००५, हिमाल भटराइ जापानबाट ३०,०००, गोपीचन्द्र शोभा भुसालबाट २०,०००, लायन्सक्लव पोखराबाट १५,१००, ओम प्रसाद जैसी ३०००, कल्याणकारी आमा समुह सरौखोलाबाट ८०००, बिमला न्यौपानेबाट २५००, बसेलडांडाबाट १२६५७, भुपुसैनीक कोष पैयुबाट २४३५०,महिला बिकास केन्द्रबाट ८३००, लंखु महेन्द्रज्योती रेडक्रसबाट १०,१००, धर्मोदय माबि धारापानीबाट १३२७५, बसेलडांडाको मल्लटोलबाट ६०६४, कृष्ण काफले ५०५, प्रेम भुसाल ५००, पुर्णचन्द्र रेग्मी ५००० गरी ४१५६६२ उठेको छ भने खर्च खासै गरीएको छैन । यसअघि नै महेन्द्र श्रेष्ठ, निरु गौडेल र राजेन्द्र श्रेष्ठ लगायतले सहयोगको घोषणा गरीसकेका छन ।
हेर्नुहोस सम्पुर्ण बिबरण ।

No description available.

सहयोगको चौतर्फि प्रयास
डाडाँकाँहु विपद् व्यवस्थापन प्रभावकारी बनाउन चौतर्फि प्रयास अघि बढेको छ । स्थानीय वडा विपद् समितिको शिफारिस सहित पालिका विपद् कोषबाट रकम विनियोजित हुने अपेक्षा गरीएको छ । ‘मानिसलाई टाटमुनि सुताएर विकासको हल्ला पिट्नुको अर्थ हुँदैन’ भन्ने कुरोलाइ समितिले पनि उठाइरहेको छ ।

समितिले स्थानीय विपद् समितिको संयोजक, सचिव र कोषाध्यक्षको संयुक्त नाममा गरिमा विकास बैंक पैयुमा ‘गाउ स्तरीय बिपद ब्यबस्थापन समिति पैयु ६ डाडाकाहु’ को खाता न ०१४००१००८९०६९६०००००१ मा रकम संकलन गर्ने र एकिकृत योजना बनाएर पारदर्शि हिसाव सार्वजनिक गर्ने बताउदै आएको छ ।

तत्काल चाहिने खाद्यान्न र अत्यावस्यक राहत हात–हातमा परिसकेको स्थितिमा बाँकी सहयोग र राहत जुटाउन तथा स्थायी समाधान तर्पm ध्यान दिन स्थानीयस्तरमा ‘गाउँस्तरीय विपद् व्यवस्थापन समिति, पैञ्यु ६ डाँडाकाँहु’ निर्माण भै सहयोग संकलन भै रहेको स्थितिमा एक जना ब्यक्तिको गलत मनशाय र त्यसका आधारमा गरीएका टिप्पणीबाट सहयोग अभियानमा बाधा पुगेको महशुस गरीएको थियो । यस सम्बन्धमा संसारन्युजसंग समितिका अध्यक्ष पाराश्वर सापकोटाले भने ‘अन्यत्रबाट आएर नचाहिदो हल्ला गर्ने र कुत्सियत मनशाय राख्ने नक्कली पत्रकारलाइ गाउलेले बिदा गरीसकेका छौ र हामी काममा अघि बढेका छौ ।’ उनले संसारन्युज मार्फत अनुरोध गर्दै भने ‘पारदर्शिता र लोकतान्त्रिक मानवीयतामा हामी प्रतिबद्ध छौ, दाताहरुको सहयोग नियमित सार्वजनिक गर्दै पीडितहरुको समस्या समाधानमा संस्थागत रुपले नै सक्रिय हुनेछौ ।’

 

वि.सं.२०७८ वैशाख २२ बुधवार १६:३४ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...