Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

आफ्नो जस्तो अरुको देश कहिल्यै हुँदैन



basanta-thapa

बुबा म अमेरिका आएको डेढ बर्षमै फोक्सोको क्यान्सर भएर बित्नु भो । बुढी आमा नेपालमै भाई बुहारी संग छिन । बुबा,आमालाइ सम्झिएर कति कति रोएको छु , धेरै रुदा रुदा मन साह्रो भएर आउने रहेछ । आजकल आसु त रसाउछन तर एकै छिनमा सुक्छ । आमालाइ अमेरिका ल्याइ राख्ने मन गरिन । भाई बुहारी, बहिनिहरुलाइ पनि अमेरिका ल्याउने प्रयास गरिन । भाइ बहिनी र साला साली जवान छन । अमेरिका आउन खोज्छन । तर, उनिहरूको अवस्था नेपाल मै राम्रो छ । यहाँ झिकाउन मन मान्दैन । किनकी आफ्नो ठाउ,परिवार,आफन्त, समाज, साथीभाइ, परिवेश जस्तो प्यारो भित्रि शान्ति, खुसि हुने ठाउ अनि आधार कहिँ देख्दिन ।

सधै झैँ श्रीमतीले बनाएर ठिक पारिएको खानाको झोला बोकेर काम को लागि हिडे । गाडी स्टार्ट गरे । बिस्तारै बाटो छोटो बन्दै गयो । घरदेखि काम सम्मको दूरी आधा घन्टाको होला । एघार घण्टा काममा बिताउनु पर्ने सम्झदा पनि दिक्क लाग्छ ।

नेपालमा बैंकको त्यति राम्रो जागिर छोडेर आए । अहिले पश्चातप लाग्छ । अठार बर्षको जागिर । मान, सम्मान, सुबिधाको साथै साढे छ घण्टा दिनको काम गरे पुग्ने ।

आज १३ बर्ष भयो अमेरिका आएको । सपनामा अझै पनि अफिस देख्छु । कति गहिरो छाप परेको रहेछ, माया लाग्छ । अब ढिला भैसक्यो । त्यस्तो जागिर यो उमेर र परिस्थितिले न त नेपाल मै पाइन्छ न त यहा ?

बुबा म अमेरिका आएको डेढ बर्षमै फोक्सोको क्यान्सर भएर बित्नु भो । बुढी आमा नेपालमै भाई बुहारी संग छिन । बुबा,आमालाइ सम्झिएर कति कति रोएको छु , धेरै रुदा रुदा मन साह्रो भएर आउने रहेछ । आजकल आसु त रसाउछन तर एकै छिनमा सुक्छ । आमालाइ अमेरिका ल्याइ राख्ने मन गरिन । भाई बुहारी, बहिनिहरुलाइ पनि अमेरिका ल्याउने प्रयास गरिन । भाइ बहिनी र साला साली जवान छन । अमेरिका आउन खोज्छन । तर, उनिहरूको अवस्था नेपाल मै राम्रो छ । यहाँ झिकाउन मन मान्दैन । किनकी आफ्नो ठाउ,परिवार,आफन्त, समाज, साथीभाइ, परिवेश जस्तो प्यारो भित्रि शान्ति, खुसि हुने ठाउ अनि आधार कहिँ देख्दिन ।

साथीभाइ भन्छन, “आमा झिकाउनुस, भाई बहिनी ल्याउनुस” तर मेरो मन मान्दैन । नेपालमा भएको मेरो सम्पति मलाइ केहि काम लागेन र लोभ पनि लागेन । बरु भाई, बहिनिले उपभोग गरुन तर बेचेर पैसा ल्याउन मन मानेन् । बुढेशकालमा परिस्थिति मिलेमा बुढाबुढी गएर उतै बसौला । तर, त्यसबेला पनि सम्पति उपभोग गरि राखेका भाई बुहारी बहिनीहरुको मन ले के भन्ला ? आफ्नो सम्पति लिन आयो भन्ने हुन कि भन्ने डर लाग्छ । तर, यसो त नहोला भाई बहिनी राम्रै मनका छन ।

भाइका छोराहरू धनको लोभ गर्ने खालका छैनन् । तर फेरि सोच्छु बुढेशकालमा जादा हेरचाह गर्न झन्झट मान्छन मान्छे हरु, दुःख दिन किन जानु ! कामदार राखौ ब्यबहारिक नहोला । आफ्नोले सधै हेर्न सक्दैनन् , र ब्यबहारिक पनि हुदैन । फेरि सोच्छु पैसा सम्पति को लागि जस्तो सुकै अपराध गर्न सक्छन मानिसहरु । यसमा आफ्नो र पराइ भन्न सकिन्न । कस्तो अप्ठ्यारो जीबन यो छोडी नेपाल जाँउ छोरा छोरी सानै छन । यहिँ बसौ एघार घण्टा काम नगरी बाच्न नसकिने । फेरि बुढेसकालमा सरकारले नै हेर्छ । जवानीमा देश छाडियो बुढेशकालमा आफ्नै शरिरको भर हुदैन । आफन्त , समाज र राज्यको के को भर होला र ?

आफ्नो लागि मात्र बाच्न जानिन् । जसको कारण यस्तो जीबन गुजारी रहेको छु । मेरो लागि त ठिकै छ । दुःख गरि सुख भोग्ने ठाउमा आउने मौका पाएको छु । भलै सुख नहोला, तर अभाब पनि छैन । जहा भए पनी स्वस्थ भएर लामो जीबन र सहज जीबन बाँच्नु नै हरेक जिबनको उपलब्धि हो । यही सोच्दैछु, फेरि नेपाल तिरै मन जान्छ । मानिसहरु भन्छन, भाग्यले हामी नेपालीलाइ ठगेको छ । तर, म भन्छु भाग्यले होइन हामीलाई राज्यले ठगेको छ । जन्मको दोष होइन, काख र बास (घर ,परिवार जहा जात ,हैसियत ,धर्म सबै पर्छन) को दोष पनि होइन् । यो त राज्य अर्थात साशक र शासन गलत भएर हो भन्छु ।

मानिस ठूलो,जात, हैसियत, रंग, क्षेत्रको कारण होइन योग्य र गुणको आधारमा हुनु पर्छ । हिजो जे भयो भयो, अब आजबाट यस्तो आधार बनाउ । यस्तो बातावरण बनाउ सबै मिलेर । जो कुनै पनि व्यक्ति, जस्तो सुकै परिवार, क्षेत्रमा जन्मियोस तर उसले खान, बस्न, शिक्षा आर्जन गर्न,औषधि उपचार गर्न सकोस । ठूला पद, ठुला परिवार वा कुनै त्यस्तो आधारमा होइन योग्यता र क्षमताको आधारमा पाओस । यस्तो व्यवस्था राज्यले गरिदिनु पर्छ । नागरिकको काम नियम, कानुन मान्नु । राज्यले तोकेको कर तिर्नु हो जो तिर्ने पर्छ । राज्यले लिनैपर्छ जसरी अमेरिकामा लिइन्छ र नागरिकलाइ सहज जीवन बिताउने आधार, ब्यबस्था राज्यले गरिदिएको छ । यस्तो व्यवस्था नेपाल सरकारले पनि गर्न सक्दछ । अनि हुनु पनि पर्छ ।

आफुमात्रै बन्ने सोच त्यागेर देश बनाउन लागौं । देश बने नागरिक त्यसै बन्दो रहेछ । जो उदाहरण अमेरिका पनि एक हो । भोक ,रोग, असुरक्षाबाट कोहि पिडित नहुन । आखिर अनाबस्यक सम्पत्ति किन ? अनाबस्यक ठुलो पद सधै भरीलाइ किन ? पैसा छ भन्दै मा परिवारलाइ आबस्यक पर्ने भन्दा ठुलो अनि फराकिलो घर किन ? आबस्यक सुबिधा र सुरक्षा भए भई हाल्यो नि । पैसा छ भन्दैमा दिनहु मासु भात, ह्वीस्की ,बियर किन ? स्वास्थ बिगार्न ? स्वास्थ बिग्रेपछि जीबन नरहे अथाह सम्पति किन ?

मोज गर्ने नाममा घरकोलाइ आखा छलेर बाहिर आखा लगाउन जानु । घरको न्यानो बिर्सिएर बाहिर आगो ताप्नु । यस्तो वानीले आफ्नो घर परिवारमा आफै आगो लगाउनु हो । अब भन्नुस यस्तो कसरी मोजमस्ती भयो ? यो त कुलत हो नि ! गलत खानाले स्वास्थ बिग्रने ,गलत सङ्गतले घर परिवार बिग्रने होइन र ?

नेपालको अनकन्टार ठाउँ जहा हिडडुल गर्न । पानी पधेरो गर्न । खेती, चरन ब्यबसाय गर्न । स्कुल,कलेज स्थापना गर्न । कठिन ठाउँका बस्ती उठाएर सम्म ठाउ जहा यातायात लगायत खानेपानी, स्कुल, कलेज, अस्पताल, कार्यालय स्थापना गर्ने ठाउमा बस्ती बसाउ । नमिलेका डाडाकाडा,पहाड काटेर समथर बनाइ बस्ती बसाउ । खेती ब्यबसाय चलाउ । पहाड भस्याएर गहिरो ठाउ पुरौ । बर्षा ,खोला, हिमालबाट आउने पानी नियन्त्रण गरि कृषि, खानेपानी ,बिजुली उत्पादन, जलमार्गमा उपभोग गरौ । किन चाहियो यो पहाडै पहाड ? यसलाई सम्याएर उपयुक्त ठाउ बनाए हुँदैन ? अठोट गरे के हुन्न, अठोट गरौ । योजना बनाउ । मिहिनेत गरौ । एकदिन पक्कै आफ्नै देश, आफ्नै भुमि स्वर्गसरी बनाउन सकिन्छ ।

अकुत सम्पति किन ? राणा्,शाह, ठकुरीका ति सम्पत्तिले उनीहरुकै परिवार र सन्ततीलाइ सुखी बनाउन सकेन । जीवित बनाउन सकेन । सत्ता र जनतामा राखी राख्न सकेन, भने अकुत सम्पति किन ? किन यी हाम्रा नेता सम्पति र पदको लागि मरी हत्ते गर्छन ? किन आफू मात्रै पदको दाबेदार ठान्छन ? मरेपछि जनता र राष्ट्रले सम्झिरहने कार्य र ब्यबहार किन गर्दैनन ?

कसैको बस्ने ठाउ छैन । कसैको खाने आधार छैन । कसैका लागि शिक्षा, औष्धि, सुरक्षा पाउने स्थिति छैन । हामीले देखे भोगेकै हौ, पद र सम्पत्ति मिहिनेतले भन्दा पनी जालझेल, लुटपाट, हत्या ,भ्रस्टाचार अनि ठगि बाट थुपारिएको छ । बनाएको पाइन्छ । आखिर जतिसुकै सम्पति भए पनी छाडेर जानै पर्छ । मिठो खाने भन्दैमा त्यहिँ खानाले स्वास्थ्य बिगार्छ भने आफ्नो जीवनको आयु छोटाउछ भने मुखको स्वाद मात्रै किन ? त्यस्तो भोजन किन ? त्यस्तो भोजन र जीबनको लागि अकुत सम्पति किन ?

 ठुलो कुरा गर्दिन तर हामी मानबले आज थोरै मात्र गरे पनी भोलिका सन्ततिले आजको जस्तो भेदभाब,अभाब,असुरक्षा र रोगलगायतका समस्या झेल्नु पर्दैन । आफ्नो देश, समाज, आफन्त छाडेर बिदेश बस्न जान पर्दैन । रोजगारी गर्न र शिक्षा लिन त स्वदेश विदेश जहाँ पनि सकिन्छ ।

कुनै पनि मानिसलाइ जन्मेपछि मानिस झैँ बाच्ने आधार भोली पनि बन्छ भने किन काटमार ? लुटपाट किन ? अनि हत्यामा संग्लग्न किन हुनुप¥यो ? अनाबस्यक इच्छा आबस्यकता किन राख्लान र ? त्यसैले राज्यले आजनै भोलिका सन्ततीको लागि आधारभूत आबस्यकताको ग्यारेन्टी गर्ने आधार निर्माण गर्छ भने किन चाहियो मलाइ अथाह सम्पति ,जमिन अनि घर ? किन मलाइ गलत बाटो बाट श्रीमती ,छोरा छोरीको लागि सम्पति थुपार्नु पर्यो ? यति सम्म भन्छु म सँग नेपालमा भएको ४ रोपनी जग्गा मध्ये २ रोपनी जग्गा घरबार नहुनेलाइ छोड्न तयार छु । यदि राज्यले प्रत्येक नागरिकलाइ बास, कपास र रोजगारीको आधार निर्माण गर्छ भने । मैले किन आफ्नो र आफ्नो सन्ततिको लागि पिरलिनु पर्यो ? नागरिकले राज्य प्रतिको उत्तरदायित्व पुरा गरोस । राज्यले नागरिक प्रतिको कर्तब्य पुरा गरोस ।

अमेरिकाको जस्तो सफाइको काम गरे पनि बातानुकुल बसाइ, कार, भने जस्तो खाना, कपडा, राम्रो शिक्षा, उपचार , सुरक्षा के यो नेपालमा पनि सम्भब छैन र ? काम र मानवलाइ माया गर्ने र आफ्नो ठान्ने हो भने के यो सम्भव छैन र ? मेरो जस्तै लाखौ व्यक्तिहरुको १ ,२ रोपनी जग्गा जो बिदेशमा नेपाल नफर्कने गरी बसेका छन, तिनका जमिनबाट बेघरबार भएका लाखौ गरिब ,बेसहाराको जीबन बदलिन्छ भने म तयार छु दिन र छोड्न । के नेपाल सरकार तयार छ ? सबै नेपालीको गास, वास, कपास, शिक्षा, रोजगारी, उपचार, सुरक्षाको ग्यारेन्टी लिन तयार छ सरकार ? के यो हुन नसक्ने बिषय हो र ?

सोचौ, आफ्नो जस्तो अरूको देश कहिले हुन्न । कुनबेला लखेटिने र मारिने हो । घटनाहरू कठोर बन्दैछन । त्यसैले आफ्नै देश भनौ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्