back
CTIZAN AD

नेपाल पत्रकार महासंघ भारतको प्रबक्ता र संयोजक नियुक्त

वि.सं.२०७३ माघ २४ सोमवार

807 

shares

patrakar-mahasangh

नयाँ दिल्ली । भर्खरै प्रथम अधिवेशन सम्पन्न गरेको नेपाल पत्रकार महासंघ (भारत शाखा केन्द्रीय समितिले भारत भरि शाखा बिस्तार गर्ने पहिलो रणनीति अनुरुप बिभिन्न बिभागीय तथा उपशाखा संयोजकहरु नियुक्त गरेको छ ।
अधिवेशनपछि बसेको पहिलो कार्यकारिणी बैठकमा ब्यापक छलफल पछि भारतलाई उत्तर भारत, दक्षिण भारत, पुर्बी भारत र पश्चिमी भारत गरि चार भागमा बाँड्दै संयोजकहरु नियुक्त गरेको हो ।
दक्षिण भारत र पुर्बी भारतको संयोजक लोकेश शाह “आर्यन” नियुक्त हुनुभएको छ भने पश्चिमी भारतको संयोजक देबेन्द्र कुँवर नियुक्त हुनुभएको छ ।
त्यस्तै उत्तर भारतको संयोजकको रुपमा हिमशिखर बि क नियुक्त हुनुभएको छ । केन्द्रले आगामी छ महिनाभित्र पश्चिमी र उत्तर भारतमा शाखा गठन गर्ने उच्चस्तरीय रणनीति बनाएको छ ।
त्यसैगरि संस्कृति तथा खेलकूद संयोजकको रुपमा बाबु रोका मगर लाई नियुक्त गरेको छ । सहमतिय आधारमा भारत प्रबक्ताको रुपमा देबेन्द्र केसीलाई नियुक्त गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रको बिधानसम्मत रहेर भारतको भौगोलिक बनावट, भारतीय संविधान र भारतीय संस्कृति रहनसहनलाई मध्यनजर राख्दै भारत शाखा केन्द्रीय समितिको बिधान जारी गर्ने जिम्मा गोबिन्द पोख्रेलको संयोजकत्वमा चार सदस्यीय टिमलाई दिएको छ ।
टिममा ईन्द्रकमल जैरु, देबेन्द्र केसी, अर्जुन खनाल र बाबु रोका मगर रहेका छन । महासंघकै तिस हजारी स्थित कार्यालयमा सम्पन्न बैठकको अध्यक्षता लोकेश शाह “आर्यन” ले गर्नुभएको थियो भने सञ्चालन गोबिन्द पोख्रेलले गर्नुभएको थियो ।
बैठकमा उपस्थित पत्रकारहरुले अधिवेसन समिक्षा र आगामी रणनीतिको बारेमा आफ्ना भनाईहरु राखेका थिए ।

वि.सं.२०७३ माघ २४ सोमवार ०६:३४ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...