२५ बैशाख, काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार २, शनिबार ७ र आइतबार २ जना गरी थप ११ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पर्वतका १, पोखरा महानगरपालिकाका ६, म्याग्दीका १, गल्याङका १, वालिङका १ र रुपन्देहीका १ गरी ११ जनाको मृत्यु भएको हो ।
पछिल्लो समय थपिएका ११ जनासँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६२ पुगेको छ ।


वि.सं.२०७८ वैशाख २६ आइतवार १२:०० मा प्रकाशित






























