back
CTIZAN AD

रुपन्देहीमा चार महिलासहित थप ६ जना कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ वैशाख २६ आइतवार

798 

shares

२६ बैशाख, रुपन्देही । रुपन्देहीमा थप ६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका १, ३ र ५ का २ पुरुष र एक महिला रहेका छन् भने बुटवल उपमहानगरपालिका ८, १४ र ३ का तीन महिला रहेका छन् ।

तिलोत्तमा १ रुपन्देहीकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ । शनिबारै कोरोना पोजेटिभ देखिएपछि अस्पतालको इमरजेन्सीमा उपचार गराइरहेकी उनको आज दिउँसो ३ बजे मृत्यु भएको हो ।

त्यस्तै तिलोत्तमा ३ का ४० वर्षीय पुरुषको पनि उपचारका क्रममा आज दिउँसो १२ः२१ मा मृत्यु भएको छ । शनिबारै कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका लागि अस्पतालको इमरजेन्सीमा ल्याउँदा ल्याउँदै मृत्यु भएको अस्पतालले जनाएको छ ।

तिलत्तमा ५ का ४८ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । बैशाख ११ गते कोरोना पुष्टि भएपछि १२ गतेबाट कोरोना विशेष अस्पतालमा उपचार गराएका उनको शनिबार ११ः४० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै बुटवल ८ की ६५ वर्षीया महिलाको पनि उपचारकै क्रममा आज दिउँसो १२ः२० मा मृत्यु भएको छ । शनिबारै कोरोना संक्रमण पुष्टि भइ अस्पतालको इमरजेन्सीमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुटवल १४ की ५२ वर्षीया महिलाको पनि उपचारका क्रममा आज बिहान ७ः०५ मा मृत्यु भएको छ । बैशाख १५ गतेदेखि अस्पतालमा उपचार गराइरहेकी उनमा बैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै बुटवल ३ की ७४ वर्षीया महिलाको पनि उपचारका क्रममा शनिबार राति मृत्यु भएको छ । उनमा बैशाख २४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
अस्पतालका अनुसार मृत्यु भएका सबैमा ज्वरो र स्वास प्रश्वासमा समस्या रहेको थियो ।

वि.सं.२०७८ वैशाख २६ आइतवार १६:३२ मा प्रकाशित

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...