back
CTIZAN AD

भारतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख ६६ हजार भन्दा बढी

वि.सं.२०७८ जेठ १ शनिवार

798 

shares

१ जेठ, नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित भेटिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप तीन हजार ८९० जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म कोभिड–१९ बाट मृत्यु भएकाको संख्या दुई लाख ६६ हजार २०७ पुगेको मन्त्रालयले जनाएको छ ।।

मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ४३ लाख ७२ हजार पुगेको छ जसमध्ये दुई करोड चार लाख ३२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतमा हाल ३६ लाख ७३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको थियो । हालसम्म १८ करोड व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ । गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन ।

भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कफ्र्यु लगाएका छन् ।

हाल, कोभिडको ठूलै सङ्कट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ ।
सिन्ह्वा

वि.सं.२०७८ जेठ १ शनिवार १८:२२ मा प्रकाशित

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...