back

आखलढुङ्गाको सामुदायिक अस्पतालमा अक्सिजन उत्पादन शुरु

वि.सं.२०७८ जेठ १ शनिवार

333 

shares
GLOBAL IME AD
NTC AD

१ जेठ, ओखलढुङगा । ओखलढुंगामा अक्सिजन उत्पादन शुरु भएको छ । देशभरका अस्पतालमा कोरोना संक्रमणका विरामीको उपचारका लागि अक्सिजन अभाव भइरहँदा ओखलढुंगामा यसको व्यवस्थापन शुरु गरिएको हो ।

ओखलढुंगा सामुदायिक अस्पतालले दुई वर्षदेखि मिनिप्लान्ट सञ्चालन गर्दै आएको छ । यसबाट दैनिक आठ सिलिण्डरसम्म भर्न सकिने भएकाले जिल्लामा सहज भएको अस्पतालका निर्देशक युवराज आचार्यले बताए । अस्पतालमा हाल ४० वटा सिलिण्डर रहेका छन् । ती सिलिण्डर भरेर संचित राख्ने तथा जिल्ला बाहिरबाट समेत मगाएर राख्ने तयारी थालिएको निर्देशक आचार्यको भनाई छ ।

उत्पादनलले ओखलढुंगा जिल्लासहित छिमेकी जिल्लाहरु सोलुखुम्बु र खोटाङलाई उपचारमा सहज हुने अपेक्षा गरिएको छ । पहाडी जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने यो प्रदेशकै पहिलो अस्पताल हो । जिल्लामा उद्योग वाणिज्य संघले २५ थान खरिद गरेर भर्न पठाएको छ । संघको कार्यालयमा अक्सिजन सहितको आइसोलेशन निर्माण थालिएको छ । संघको कार्यालयमा १० श्यया अक्सिजनसहितका हुनेछन् । संकटको अवस्थामा संघको भवनलाई आइसोलेशन वार्डका रुपमा विकास गर्न लागिएको अध्यक्ष ज्ञानेन्द मास्केले बताए ।

जिल्ला अस्पताल रुम्जाटारमा रहेका १९ थान सिलिन्डरमा समेत अक्सिजन भरेर तयारी राख्ने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । जिल्लामै उत्पादन हुने भएकाले अत्यावश्यक अवस्थामा अक्सिजन अभाव हुन नदिन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताइन् ।

ओखलढुंगा सामुदायिक अस्पताल तथा सांसदको पहलमा २०७४ सालदेखि जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा छ । सङ्घीय सांसद यज्ञराज सुनुवारले अक्सिजन प्लान्ट उद्घाटन गरेर कार्यकाल शुरु गरेका थिए । उनले अघिल्लो कार्यकालमा प्लान्ट स्थापनाका लागि बजेट विनियोजन समेत गराएका थिए ।
रासस

वि.सं.२०७८ जेठ १ शनिवार १८:४८ मा प्रकाशित

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत

झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत

भद्रपुर (झापा) । जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत...

उद्यम गर्न चाहनेलाई  निर्ब्याजी ऋण दिँदै नगरपालिका

उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण दिँदै नगरपालिका

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना...

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

तेह्रथुम । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले...

पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाखभन्दा बढी भेटी सङ्कलन

पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा...