back
CTIZAN AD

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

वि.सं.२०८३ जेठ १७ आइतवार

318 

shares

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका काम सुरु गरिएका छन् । स्थानीयस्तरमा खेलकुद क्षेत्रको विकासका लागि खेल मैदानलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन लागिएको हो ।

वडाध्यक्ष बाचकुमार राईका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत करिब रु १५ लाखको लागतमा खेलमैदान स्तरोन्नति भइरहेको हो । उनले भने, “युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्दै स्थानीयस्तरमै खेल गतिविधि सञ्चालन गर्न सहज बनाउने उद्देश्यले मैदान स्तरोन्नतिको काम अघि बढाएका हौँ ।”

वडाध्यक्ष राईले आगामी दिनमा थप बजेटको व्यवस्थापन गरी दर्शक बस्ने स्थान, घेराबार, शौचालय तथा अन्य पूर्वाधार विकासका काम क्रमशः अघि बढाइने बताए ।

मैदानका स्तरोन्नतिपछि यहाँ फुटबल, भलिबललगायत विभिन्न खेल नियमित रूपमा सञ्चालन गर्न सहज हुनेछ ।

खेलमैदान स्तरोन्नतिले गाउँमै खेल प्रतियोगिता आयोजना तथा त्यसमार्फत स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न पनि सहयोग पुग्ने अपेक्षा रहेको स्थानीय युवा सिरोज श्रेष्ठले बताए ।

वि.सं.२०८३ जेठ १७ आइतवार ११:४२ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...