back
CTIZAN AD

बिना अनुमति कक्षा थप्छन् निजी विद्यालय

वि.सं.२०७३ माघ २५ मंगलवार

690 

shares

२५ माघ,तेह्रथुम । जिल्लाका अधिकांश निजी विद्यालयले अनुमति लिएको भन्दा बढी कक्षा सञ्चालन गरिरहेको आरोप लागेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार निजी विद्यालयले विद्यालय दर्ता गरेर कक्षा सञ्चालन गर्ने, तर बर्सेनि थपिने कक्षाका लागि अनुमति नलिने गरेका हुन् ।

अङ्ग्रेजी माध्यमको शिक्षाप्रति बढ्दो आकर्षणका कारण गाउँ–गाउँमा व्यावसायिक उद्देश्यले विद्यालय खुल्नेक्रम बढ्दो छ । त्यस्ता निजी विद्यालयले विद्यालय सुरु गर्दादेखि थप कक्षा सञ्चालन तथा विद्यालय बन्द गर्नसमेत अनुमति लिनुपर्नेमा अधिकांश निजी विद्यालयले सुरुवातमा विद्यालय सञ्चालन अनुमति लिएपछि कक्षा थप गर्न अनुमति नै नमाग्ने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

निजी विद्यालयले थप कक्षा सञ्चालनका बारेमा अभिभावकले चासो नदिँदा र नियमक निकाय पनि मौन बसिदिँदा गाउँ–गाउँमा ठगी धन्दा मच्चाइरहेका छन् । अझ केही विद्यालय त बिना अनुमति पनि सञ्चालन भइरहेको पाइएको छ । त्यस्ता विद्यालयलाई कारबाही गर्नेबारे जिल्ला शिक्षा कार्यालयले चासो नदिएको गुनासो बढेको हो ।

हरेक शैक्षिक सत्रको समापनपछि निजी विद्यालयले कक्षा सञ्चालनका लागि लिएको अनुमतिको विवरण हेरेर सचेत गराउने गरेको जिल्ला शिक्षा अधिकारी, कृष्णप्रसाद पोखरेलले बताउनुभयो ।

शैक्षिक सत्रको सुरुवातमा निजी विद्यालय, अभिभावक र विद्यार्थी सबैलाई सचेत गर्दै आएको छौँ, जिशिअ पोखरेलले भन्नुभयो – “अहिलेसम्म त्यस्तो बढी कक्षा सञ्चालन गरेको उजुरी परेको छैन । अभिभावक वा अन्य कोहीले त्यसबारे उजुरी दिए हामी त्यस्ता विद्यालयलाई कारबाही गर्छौं ।” जिल्लामा हालसम्म २३ वटा निजी विद्यालय सञ्चालनमा छन् । त्यसमध्ये सातवटा विद्यालयले माध्यमिक कक्षा सञ्चालनको अनुमति लिएका छन् । बाँकी पाँचवटाले निमावि तह र अन्य ११ वटा विद्यालय प्रावि तहका मात्र कक्षा सञ्चालन अनुमति लिएका छन् । तर ती विद्यालयमा माथिल्लो कक्षासम्म पनि पढाइ भइरहेको छ ।

निजी विद्यालयले कक्षा थप गर्दा थुप्रै मापदण्ड पूरा गर्नुपर्छ, तर विद्यार्थी सङ्ख्यालाई मात्र आधार मान्दा पनि न्यूनतम २३ जना विद्यार्थी पनि नपु¥याउने विद्यालयको थप कक्षाको अनुमति दिइएको छैन, जिशिअ पोखरेलले बताउनुभयो ।

यता प्याब्सन जिल्ला अध्यक्ष गजेन्द्र कन्दङ्वाले भने निजी विद्यालयलाई अनुमति लिएर मात्र कक्षा बढाउन गर्न निर्देशन गरेको बताउनुभयो । उहाँले निजी विद्यालय सञ्चालकले न्यूनतम मापदण्डसमेत नपु¥याएको पाइए कारबाही गरिने जानकारी दिनुभयो ।

वि.सं.२०७३ माघ २५ मंगलवार ०८:०८ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...