back
CTIZAN AD

चितवन समाज अष्ट्रेलियाले दियो भरतपुर अस्पताललाई ११ लाख रुपैयाँ बराबरका अक्सिजन सिलिण्डर

वि.सं.२०७८ जेठ ५ बुधवार

624 

shares

५ जेठ, चितवन । चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संस्था चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई रु.१० लाख ७५ हजार बराबरको अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थाले तीन चरणमा गरेर ६० वटा अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष पूर्णनाथ घिमिरेका अनुसार ५० वटा अक्सिजन सहितको सिलिण्डर खरिद गरेर र १० वटा धरौटीमा अस्पताललाई उपलब्ध गराईएको हो । धरौटीमा रहेका १० वटा पनि खरिद गरी अस्पतालकै स्वामित्वमा हस्तान्तरण गरिने उनले बताए ।

संस्थाले मंगलबार थप २० वटा सिलिण्डर हस्तान्तरण गरेसँगै अस्पताललाई दिइएको सङ्ख्या ६० पुगेको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीलाई ती सिलिण्डर हस्तान्तरण गरिएको हो । सो अवसरमा तिवारीले अस्पताललाई अत्यावश्यक पर्ने सिलिण्डर हस्तान्तरण गरेकोमा अष्ट्रेलियामा बसोबास गर्ने चितवनवासीलाई विशेष धन्यवाद दिए ।

घिमिरेका अनुसार त्यहाँ रहेका चितवनवासीले आर्थिक संकलन गरेर अक्सिजन खरिदका लागि सहयोग गरेका हुन् । समाजले संस्थाका संरक्षक केशवप्रसाद सापकोटाको संयोजकत्वमा पूर्णनाथ घिमिरे, विकास बर्ताैला, सीता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक सङ्कलन समिति बनाएर सहयोग जुटाएको हो ।

May be an image of text that says 'हार्दिक धन्यबाद चितवनको स्वास्थय अवस्थालाई मध्यनजर गर्दे आयोजित मिसन अक्सजनमा जोडिनु हुने दाता एवम सहयोगीहरुमा हार्दिक धन्यवाद व्यक्त गरद समाजले भरतपुर अस्पतालका लागि ६० थान अक्सिजन सहितका सिलिण्डरहरु वितरण सम्पन्न गरिएको जानकारी गराईन्छ। समाजको आगामी कार्यमा यहाहरुको साथ र सहयोगको अपेक्षा गरिएको १0 सिलिण्डर ३9 वेशाख २०७੮ ३० सिलिण्डर जठ २০७८ २० सिलिण्डर जेठ २០២ चितवन समाज अष्ट्रेलिया (२०२੧-२०२३)'

वि.सं.२०७८ जेठ ५ बुधवार ०७:२९ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...