मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । दिगो काम प्रारम्भ गर्ने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको सुझावमा भर नपर्नुहोला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । हतारमा निर्णय नलिनुहोला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । वादविवाद वा खर्च हुने डरले सताउन सक्छ । अर्थ अभावले सताए पनि आजको मिहिनेतले भविष्यमा भने नाम, दाम र प्रतिष्ठा दिलाउनेछ । दिउँसोदेखि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछन् ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ । तापनि दिगो काम सुरु गर्ने समय छ । काममा शुभचिन्तकहरूले साथ दिनेछन् । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । आम्दानीका स्रोत बढ्नेछन् ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । केही आम्दानी हुने समय छ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ । दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
बिहान अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला । दिउँसोदेखि स्थितिमा सामान्य सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । तर, आकस्मिक खर्च बढ्नाले रकम सञ्चय नहुन सक्छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ । प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । परोपकारी काममा प्रवृत्त भइनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला । श्रम परे पनि दिउँसोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ । मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिहान रमाइलो देखिए पनि दिउँसोदेखि स्वास्थ्यबाधा हुन सक्छ । समयमा काम गर्न नसकिएला । साथ दिनेहरू नहुँदा दुःख पाइनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ । गोपनीयता भंग हुनाले समस्यामा परिनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
बिहानको समय संघर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ । व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ। केही भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला । गृहस्थी यात्रा रमाइलो रहनेछ । आफन्तहरूको साथ जुट्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । सानोतिनो समस्याले अल्झाउन सक्छ । मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित हुनेछ । यात्रा गर्दा स्वास्थ्यमा ध्यान दिनुहोला । बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ । धनमाल सुरक्षामा सजग रहनुहोला ।
२०७८ जेठ ५ गते, बुधवार, (१९ मे २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज (मंगलबार) को राशिफल, आज यी सात राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !
वि.सं.२०७८ जेठ ५ बुधवार ०८:०४ मा प्रकाशित






























