back
CTIZAN AD

नेपालमा चक्रवात ताउ-ते आँधीको प्रभावः आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०७८ जेठ ५ बुधवार

777 

shares

५ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको आसपासमा रहेको चक्रवात ताउ–ते “TaukTae” को प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक /दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राती पनि कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना तथा उच्च हिमाली भू–भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वि.सं.२०७८ जेठ ५ बुधवार ०८:५४ मा प्रकाशित

मौसममा बदली, वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

मौसममा बदली, वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

काठमाडौँ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन...

काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले...

तीन करोडको सुनसहित वीरेन्द्रनगरबाट पक्राउ परे व्यापारी अग्रवाल

तीन करोडको सुनसहित वीरेन्द्रनगरबाट पक्राउ परे व्यापारी अग्रवाल

कर्णाली । सुर्खेत प्रहरीले रु तीन करोड बराबरको सुनसहित व्यापारी...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...