५ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रयोग हुने रेम्डेशिभिर लगायतका स्वास्थ्य सामाग्री आयातमा लाग्ने कर महसुल छुट गर्ने भएको छ ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति, अनुगमन तथा उपभोक्ता संरक्षण विभागले कोरोना संक्रमित विरामीको उपचारका लागि प्रयोग हुने औषधि तथा मेडिकल सामाग्री आयात गर्दा लाग्ने भन्सार महशुल लगायतका शुल्क तथा कर समेत छुट दिने निर्णय गरेको हो ।
‘नेपाल सरकारबाट कोभिड १९ बाट संक्रमित बिरामीहरुको उपचारका लागि प्रयोग हुने विभिन्न औषधि तथा मेडिकल सामाग्रीहरु आयात गर्दा भन्सार महशुल लगायतका शुल्क तथा कर समेत छुट दिई आयात एवं आपूर्ति सहजीकरण गर्ने निर्णय भएको हुँदा आयातकर्ता, वितरक तथा विक्रेताले निम्नानुसार गर्नु\गराउनु हुन जानकारी गराइन्छ ।’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।
साथै मन्त्रालयले कर महसुल छुटमा पैठारी हुने उपरोक्त अनुसारका औषधि तथा स्वास्थ्य सामाग्रीको मूल्य, गुणस्तर एवं विक्रि वितरणको अनुगमन हुँने हुँदा यी वस्तुहरुको गुणस्तर परीक्षण गरी अधिकतम् खुद्रा मूल्य एमआरपीको जानकारी गराउन पनि विभागले आग्रह गरेको छ ।
वि.सं.२०७८ जेठ ५ बुधवार १६:०९ मा प्रकाशित






























