back
CTIZAN AD

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने हालसम्मकै उच्च

वि.सं.२०७८ जेठ ५ बुधवार

705 

shares

५ जेठ, काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम भने हालसम्मकै उच्च भएको छ ।

बुधबार समग्रमा नेप्से १३ दशमलब ०९ अंकले घटेर २७८० दशमलब ८१ बिन्दुमा कायम हुँदा कारोबार रकम भने १२ अर्ब नजिक पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि १ दशमलब ०८ अंकले घटेर ४९६ दशमलब १४ बिन्दुमा पुगेको छ ।

सूचिकृतमध्ये अधिकांस कम्पनीको सूचक ओरालो लाग्दा ८ वटा कम्पनीको सूचकमा भने सकारात्मक सर्किट लागेको छ ।

आजको बजारमा सूचिकृमध्ये २१४ कम्पनीको ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ रुपैंया बराबरको २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ३२ हजार ३६९ पटक लेनदेन भएको छ ।

समता लघुबित्त, रुरु जलबिद्युत, गोर्खा फाईनान्स लगायतका कम्पनीका लगानीकर्ताहरुले मनग्ये कमाउँदा नाग्दि ग्रुप पावर, यूनाईटेड मोदी हाईड्र, नेपाल हाईड्रो लगायतका कम्पनीका लगानीकर्ताहरु गुमाउनेमा परेका छन् ।

आज सूचिकृतमध्ये ५९ कम्पनीको कारोबार हरियो हुँदा ११७ कम्पनीकोे सूचक रताम्मे देखिएको छ । ६ कम्पनीको सूचकमा भने कुनै पनि परिवर्तन देखिएको छैन ।

 

Market Information
Index Current Points Change %Change
NEPSE 2,780.81 13.09 0.47  
Sensitive 496.14 1.08 0.22  
Float 190.74 0.68 0.35  
Sen. Float 160.44 0.39 0.24
Sub-Indices Current Points Change %Change
Banking 1,834.38 7.34 0.4  
Trading 4,178.01 35.72 0.86  
Hotels And Tourism 3,470.71 14.12 0.41  
Development Bank 3,068.87 51.98 1.67  
HydroPower 2,814.36 60.63 2.11  
Finance 1,457.25 1.85 0.13  
Non Life Insurance 14,204.69 157.94 1.1  
Manu.& Pro. 5,937.58 66.39 1.11  
Others 2,239.85 27.62 1.22  
Microfinance 5,664.34 8.6 0.15  
Life Insurance 18,213.51 28.92 0.16  
Mutual Fund 13.83 0.07 0.51  
Investment 103.80 1.86 1.76  

वि.सं.२०७८ जेठ ५ बुधवार १६:२४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...