मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेको सफलताले हौसला प्रदान गर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । अध्ययनमा राम्रो प्रगति गर्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । साँझतिर प्रतिस्पर्धीलाई पछि पार्दै लाभ उठाउन सकिनेछ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । स्वयं निर्णय लिन नमिले पनि शुभचिन्तकहरूको साथ–सहयोग प्राप्त हुनेछ । पछिका लागि कामको जग बसाउन सकिनेछ । साँझदेखि परिस्थिति अनुकूल बन्नेछ । पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । दिगो योजनाका साथ अघि बढ्दा लाभ मिल्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
काममा केही चुनौती देखिए पनि स्रोतसाधन जुट्नाले उत्साह जाग्नेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा सामान्य फाइदा उठाउन सकिनेछ । साँझदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ । बिनाकारण आफन्त टाढिन सक्छन् । अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला । साथीभाइसँग पनि सन्तुलित व्यवहार गर्नुहोला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । रोकिएका काम प्रारम्भ गर्न सकिनेछ। साँझतिर उद्योग र व्यापारमा फाइदा हुनेछ । सहयोगीहरू जुट्नाले चिताएका काम बन्नेछन् ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आकर्षक उपहारले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन्। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफन्तसँग भेटघाट हुनेछ । स्वास्थ्यका लागि व्यवहार र खानपानमा सजग रहनुहोला । साँझदेखि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ । ईर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्च बढ्नाले अर्थ अभाव झेल्नुपर्ला । अरूको विश्वास गर्दा धोका पाइनेछ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ । तर खर्चिलो कामले कर्जा बढाउला । साँझदेखि पारिवारिक जमघटको आनन्द प्राप्त हुनेछ । स्वास्थ्यका लागि अनुशासनमा रहनुपर्नेछ । काममा मुख्य भूमिका रहे पनि लाभांशमा अरूको आँखा लाग्न सक्छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्य प्राप्त हुनेछ । व्यापारमा पनि केही फाइदा हुनेछ। तर, आम्दानीमा अरूले आँखा लगाउन सक्छन् । आफ्ना आवश्यकता पूरा गर्न र व्यवहार चलाउन सरसापट लिनुपर्ने पनि हुन सक्छ । साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्ला । परिस्थितिवश फजुल खर्च बढ्नेछ । उठ्ने रकम रोकिन सक्छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । साँझदेखि आफ्नो क्षेत्रमा नेतृत्व लिन सकिनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ । परिस्थितिले चुनौती निम्त्याए पनि गोपनीयतामा ध्यान पुर्याउनुहोला । दिनभरि संघर्ष गर्नुपरे पनि साँझतिर सहयोगीहरूले साथ दिनेछन् र भाग्यले अवसर जुराउनेछ । काम देखाएर पनि अरूको मन लोभ्याउन सकिनेछ । तर, चिताएको दाम नउठ्नाले जोश–जाँगर हराउन सक्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । तर साँझतिर आकस्मिक वादविवादले परिस्थिति बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्रोतसाधन जुट्नाले लक्ष्य प्राप्ति हुनेछ । हिम्मतले काम लिँदा फाइदा पनि हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरू पछि पर्नेछन् । व्यावसायिक काममा चुनौती देखिए पनि साँझतिर घरमा लक्ष्मी अर्थात् द्रव्य भित्र्याउन सकिनेछ । आजको कामले पछि फाइदा हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ ।
२०७८ जेठ ७ गते, शुक्रवार, (२१ मे २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज (विहीबार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त बिशेष लाभ ?
वि.सं.२०७८ जेठ ७ शुक्रवार ०७:५६ मा प्रकाशित






























