back
CTIZAN AD

श्रीलंकामा हुने भनिएको २०२१ को एसिया कप स्थगित

वि.सं.२०७८ जेठ ७ शुक्रवार

798 

shares

७ जेठ, काठमाडौँ । जुनमा श्रीलंकामा हुने भनिएको २०२१ को एसिया कप स्थगित भएको छ । कोरोना भाइरस महामारीका कारण एसिया कप स्थगित गरिएको श्रीलंका क्रिकेटका चिफ एक्जुकेटिभ अश्ले डे सिल्भाले जानकारी गराएका छन् ।

उनले अहिलेको अवस्थामा जुनमा प्रतियोगिता आयोजना गर्न सम्भव नभएको बताए । डे सिल्भाले एसिया कप अब २०२३ को एकदिवसीय विश्वकप पछि मात्र हुन सक्ने समेत बताएका छन् ।

कोरोनाकै कारण गत वर्ष पाकिस्तानमा हुने भनिएको एसिया कप स्थगित भएको थियो । एसिया कपको पछिल्लो संस्करण सन् २०१८ मा युएईमा भएको थियो । ५० ओभर फर्म्याटमा भएको उक्त प्रतियोगितामा भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।

वि.सं.२०७८ जेठ ७ शुक्रवार ०८:३७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...