७ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले लौरो उभ्याएर भएपनि ७६ (५) को बैकल्पिक सरकार गठन गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।
संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न रहेको बताउँदै डा. भट्टराईले जे गरेर संविधानको रक्षा हुन्छ त्यही गर्नुपर्ने समेत बताएका छन् ।
संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो!जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्याग/बलिदान गरौं।लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ!आजै गरौं,अहिल्यै गरौं! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ!
— Baburam Bhattarai (@brb1954) May 21, 2021
‘सबैले आवस्यक त्याग/बलिदान गरौं । लौरो उभ्याएर भए पनि ७६(५) को वैकल्पिक सरकार दिउँ, आजै गरौं, अहिल्यै गरौं ! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान\लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ !’ सामाजिक संजालमा ट्विट गर्दै नेता भट्टराईले भनेका छन् ।
हुनसेन स्टाइलमा देशलाई चुनावको अंध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डित गरौं–डा. बाबुराम भट्टराई
वि.सं.२०७८ जेठ ७ शुक्रवार ०९:४३ मा प्रकाशित






























