७ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अंध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डित गर्नुपर्ने बताएका छन् ।
डा. भट्टराईले सबैले दलीय /निजी स्वार्थ त्यागेर जे-जेमा सहमति हुन्छ धारा ७६(५)बाटै निकास दिनका लागि सबैसँग आग्रह समेत गरेका छन् ।
खुराफात शीरोमणि द्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो।कोरोना महाब्याधीको यत्रो संकटको वेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावकोअंध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डित/परास्त गरौं।सबैले दलीय /निजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ धारा७६(५)बाटै निकास दिऊॅ!
— Baburam Bhattarai (@brb1954) May 20, 2021
‘खुराफात शीरोमणिद्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो । कोरोना महाब्याधीको यत्रो संकटको वेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अंध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डित÷परास्त गरौं । सबैले दलीय÷निजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ धारा ७६(५)बाटै निकास दिऊँ ।’ सामाजिक संजालमा ट्विट गर्दै उनले भनेका छन् ।
वि.सं.२०७८ जेठ ७ शुक्रवार ०७:३३ मा प्रकाशित






























