back
CTIZAN AD

एमाले विवाद : बादललाई भोट नहाल्ने माधव समूहका नेतामाथि कारबाही सुरु

वि.सं.२०७८ जेठ ८ शनिवार

768 

shares

जेठ ८, काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई भोट नदिने नेता माधवकुमार नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । शनिबार बसेको एमालेको बागमती प्रदेश संसदीय बोर्डको बैठकले बादललाई भोट नहाल्ने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

एमालेको प्रदेश संसदीय दलका सचेतक दीपक निरौलाका अनुसार पार्टी विरोधी र संसदीय दल विरोधी गतिविधि गरेकाले स्पष्टीकरण सोधिएको हो । उनका अनुसार एक आइतबार दिउँसोसम्म जवाफ बुझाउने गरि स्पष्टीकरण मागिएको छ ।

निरौलाले बताएअनुसार प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्त मानन्धर, शान्तिप्रसाद पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण सोधिएको हो ।

जेठ ६ मा भएको राष्ट्रिय सभा सदस्यको लागि निर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादलविरुद्व एमालेकै माधवकुमार नेपाल पक्षका नेता डा. खिमलाल देवकोटा उम्मेदवार बनेका थिए । देवकोटालाई कांग्रेस, माओवादी र जसपाको समर्थन रहेको थियो । एमालेले निर्वाचनमा आफ्ना उम्मेदवारलाई भोट हाल्न ह्वीप जारी गरेको भएपनि माधव पक्षले देवकोटाकै पक्षमा मतदान गरैका थिए ।

वि.सं.२०७८ जेठ ८ शनिवार १६:०२ मा प्रकाशित

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...