back
CTIZAN AD

सत्ता स्वार्थमा मात्र निर्लिप्त ओली–विद्या गठबन्धनलाई परास्त गरी सत्ताच्युत गरौं–नेविसंघ

वि.सं.२०७८ जेठ ८ शनिवार

660 

shares

८ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सत्ता स्वार्थमा निर्लिप्त ओली -विद्या गठबन्धनलाई परास्त गरी सत्ताच्युत गर्नु आजको राष्ट्रिय आवस्यकता भएको बताएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा मध्यरातमा लोकतन्त्र र संविधानमाथि हमला भएको भन्दै नेविसंघले षडयन्त्रपूर्वक प्रतिनिधिसभा विघटन गर्ने निर्णयको घोर भत्र्सना समेत गरेको छ ।

‘अव लोकतन्त्र र संविधानको रक्षार्थ संघर्षको घडी आएको छ । सत्ताको आयु लम्ब्याउन संबिधानको हरेक धारा छल्दै, समाउँदै बसीरहेका ओली–विद्या गठबन्धनको हरेक गतिबिधिले प्रष्ट पारिसकेको छ कि, उनीहरु सत्तामा टिकीरहन लोकतन्त्र र संविधान समाप्त पार्ने दिशामा अघि बढेका छन्,’ अध्यक्ष राजिव ढुंगानाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कथित निर्वाचन गराउनका निम्ति हैन, नगराउनका निम्ति घोषणा गरिएको स्पष्ट छ ।’

नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीले गरेको मध्यरातको यस्तो निर्णयले लोकतन्त्र संकटमा परेको र ओली–विद्या सर्वसत्तावाद लाद्न उन्मुख रहेको भन्दै त्यसकाविरुद्ध सम्पूर्ण युवा विद्यार्थीलाई मैदानमा उत्रन समेत आव्हान गरेको छ ।

‘महामारीको मुहुर्तमा ज्ञानेन्द्र शैलीले विदेशी प्रभुले नचाएको संविधान च्यातेर राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका छन्,’ महामन्त्री दीपक भट्टराई भन्छन्, ‘सम्पूर्ण लोकतन्त्रवादी एकजुट भई संघर्षको बाटोबाट संविधानको संरक्षण र ओलीलाई सत्ताच्युत गर्न अब ढिलो गर्नु हुँदैन ।’

No description available.

वि.सं.२०७८ जेठ ८ शनिवार १५:३९ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...