back
CTIZAN AD

राष्ट्रपतिको कदमविरुद्ध एकजुट हुन अध्यक्ष बस्नेतको अपिल

वि.सं.२०७८ जेठ ८ शनिवार

1K 

shares

८ जेठ, काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले राष्ट्रपतिको कदमका विरुद्धमा एकजुट हुन सबैमा अपिल गरेका छन् ।

देश, राष्ट्रियता र लोकतान्त्रिक संविधानको अपव्याख्या गर्दै मध्यरातको अध्यारोमा संविधानको चिरहरण गर्ने गरी नाङ्गो प्रहारको भत्र्सना गर्नका लागि कुनै शब्द नै नभएको बताउँदै व्यवस्था र लोकतन्त्रको धज्जी उडाउने काममा संलग्न नायकहरु जनताको सामु घुँडा टेक्ने दिन धेरै टाढा नभएको भन्दै उनले सबैलाई एकजुट हुन अपिल गरेका हुन् ।

‘नेपाल र नेपाली जनताको सातदशक लामो निरन्तरको संघर्षबाट प्राप्त व्यवस्था र यस व्यवस्थाले अंगिकार गरेको लोकतान्त्रिक विधि र पद्धतीलाई खलल बनाउँदै नेपालको संबिधान वि.सं. २०७२ ले निदृष्ट प्रकृया विपरीत मनोमानी तरिकाले असंवैधानिक ढंगबाट यो संविधानको मर्म र भावना प्रतिकूल राष्ट्रपतिद्वारा सिंगो नेपाली जनता र व्यवस्था माथि नै घात भएको छ’ अध्यक्ष जित जङ्ग बस्नेतद्धारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको लोकतान्त्रिक संविधान विरुद्धको एक अक्षम्य अपराध हो । देश, राष्ट्रियता र लोकतान्त्रिक संविधानको अपव्याख्या गर्दै मध्यरातको अध्यारोमा संविधानको चिरहरण गर्ने गरी भएको नाङ्गो प्रहारको भत्सना गर्ने शब्द नै छैन ।’

कोरोनाको कहरले आहत बनेको देश र जनताहरुको स्वास्थ्य उपचारमा राष्ट्रिय एकता कायम राख्दै सबैको ध्यान यसको निराकरणमा लगाउनको साटो पटक–पटकको संविधान माथिको आक्रमण किमार्थ स्वीकार्य नभएको पनि तरुण दलले ठहर गरेको छ ।

‘यस कदमको विरुद्धमा एकजुट हुन नेपाल तरुण दल केन्द्रिय समिति सम्पूर्ण तरुणहरु र लोकतन्त्रप्रेमी सबैमा बिनम्रतापूर्वक अनुरोध गर्दछ ।’

No photo description available.

वि.सं.२०७८ जेठ ८ शनिवार १५:२१ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...