८ जेठ, काठमाण्डोै । विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालत दुबै मोर्चाको लडाइँ खोल्ने निर्णय गरेको छ ।
मध्यरातमा भएको संसद विघटनविरुद्ध नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निर्णय गरेको हो ।
गठबन्धनका नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यष्क्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष सहित प्रतिरोधको आह्वान गरिएको छ ।
गठबन्धनले १४९ जनाको हस्ताक्षर लिएर सर्वोच्च अदालतमा रिट हाल्ने र महामारीको प्रकृति हेरेर सडक आन्दोलनमा जाने निर्णय समेत गरेको बताइएको छ ।
वि.सं.२०७८ जेठ ८ शनिवार १४:२५ मा प्रकाशित































