back
CTIZAN AD

संसद विघटनविरुद्ध जनआन्दोलनका लागि एकजुट हुन नागरिक अगुवाहरुको आव्हान

वि.सं.२०७८ जेठ ८ शनिवार

825 

shares

८ जेठ, काठमाडौं । वृहद् नागरिक आन्दोलनका अगुवाहरुले संसद विघटन विरुद्ध एकजुट हुन आव्हान गरेको छ ।

मध्य रातमा प्रधानमन्त्री र राष्ट्रपतिको प्रपञ्चमा गरिएको पछिल्लो संसद विघटन संविधान र लोकतन्त्र नै समाप्त पार्ने कदम चालिएको भन्दै यस्तो कदमलाई नागरिक आन्दोलनले ‘कु दे ता’ ठहर गरेको समेत प्रेस विज्ञप्तिमा जनाएको छ ।

‘हिजो करिब दुई तिहाईको निर्वाचित सरकारको नेतृत्व गर्दा समेत ओलीले सदैव निर्वाचित संस्था, लोकतान्त्रिक राज्य संयन्त्र र संविधानको अवहेलना गरिरहे,’ विज्ञप्तिमा भनिएको छ, ‘महामारीको बीचमा आमजनताले जनउत्तरदायी राजनीति खोजिरहेका बेला उनले मतपत्र थमाउने झुटो घोषणा गर्नु मानवता विरुद्धको अपराध हो ।’ विज्ञप्तिमा भनिएको छ ।

‘यो संकटको क्षणमा आमजनतालाई खोप, भेन्टिलेटर र अक्सिजन चाहिएको छ, मतपत्र होइन । जनताको जीवन रक्षा गर्ने जनस्वास्थ्य प्रणाली र राज्यको स्रोतसाधन सार्वजनिक हित र न्यायको निम्ति चाहिएको छ । शुसासन प्रत्याभुति गर्ने जनउत्तरदायी सरकार चाहिएको छ, महाव्याधिको संकटलाई कूका निम्ति दुरुपयोग गर्ने षडयन्त्र होइन,’ नागरिक आन्दोलनद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ त्यसैले जनस्वास्थ्य, संघीय लोकतान्त्रिक गणतन्त्र एवम् संविधानको रक्षार्थ नागरिक आन्दोलनले आव्हान गरेको निरन्तर संघर्षको औचित्य झनै पुष्टि भएको छ । यस तानाशाहीलाई र कुनैपनि तानशाही प्रवृत्तिलाई परास्त गर्न सबै लोकतान्त्रिक दल, अधिकारकर्मी, पेशाकर्मी एवम् सचेत नागरिकलाई एकजुट भएर सशक्त जनआन्दोलन सिर्जना गर्न हामी आव्हान गर्दछौं ।’

No photo description available.

वि.सं.२०७८ जेठ ८ शनिवार १९:२७ मा प्रकाशित

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...