back
CTIZAN AD

एमाले विवाद : यी हुन् स्पष्टीकरण सोधिएका माधव पक्षका ११ नेता

वि.सं.२०७८ जेठ ८ शनिवार

705 

shares

जेठ ८, काठमाडौं । नेकपा (एमाले)ले फेरि वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षका नेताहरुलाई स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशन विपरित गतिविधि गरेको भन्दै शनिबार बसेको एमाले स्थायी समिति बैठकले ११ जना नेतामाथि स्पष्टीकरण सोधेको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कालिला खातुन र निरा जैरुलाई स्पष्टीकरण सोधिएको हो ।

‘कम्युनिस्ट आन्दोलनलाई कमजोर गराउन, कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको सरकार गिराउन र त्यसको ठाउँमा जोसँग हामीहरुको लगातार प्रतिस्पर्धा छ, उसलाई सरकारमा पुर्याकउन जे जस्ता गतिविधि यसबीचमा भए, त्यसको गम्भीरतापूर्वक समीक्षा गरिएको छ’ बैठकपछि प्रवत्ता ज्ञवालीले भने, ‘खासगरी आफ्नो पार्टीका अध्यक्ष, दलका नेता र प्रधानमन्त्रीलाई पदबाट हटाउन विपक्षी दलहरुसँग मिलेर हस्ताक्षर गरेर सरकारबाट हटाउने जुनखालका गतिविधि भए त्यसका संलग्नहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार शुक्रबार सरकार बनाउन आव्हान गर्दा माधव कुमार नेपाल समूह विपक्षी गठबन्धनको तर्फबाट प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा उभिएको थियो । माधव समूहका २६ सांसदले देउवाको पक्षमा हस्ताक्षर नै गरेका थिए ।

यसअघि प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा पनि माधव पक्षले प्रतिनिधि सभाको बैठकलाई बहिस्कार गरेर असहयोग गरेको थियो ।

साथै माधव पक्षले हालै सम्पन्न राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारको विरुद्व आफ्ना उम्मेदवार खडा बनाएर पार्टीका उम्मेदवारलाई असहयोग गरेको छ । जहाँ पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई माधव पक्षका उम्मेदवार खिमलाल देवकोटाले पराजीत गराएका थिए ।

सम्बन्धित समाचार

एमाले विवाद : बादललाई भोट नहाल्ने माधव समूहका नेतामाथि कारबाही सुरु

वि.सं.२०७८ जेठ ८ शनिवार २२:१० मा प्रकाशित

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...