back
CTIZAN AD

काला पहाड जान छोडेर गाउँमै ओखर खेतीमा रमाउन थाले जुम्लाका किसान

वि.सं.२०७८ जेठ ९ आइतवार

663 

shares

विजय रावत, ९ जेठ, खलङ्गा । जुम्लाका किसान पछिल्लो समयमा ओखर खेतीप्रति आकर्षण बढ्दो छ । गाउँका स्थानीयवासी यतिबेला हूल बाँधेर हिमाली लेकमा मात्र पाउने अमूल्य जडीबुटी यार्सा टिप्ने चटारो भएको छ । यहाँको तातोपानी गाउँपालिका–७ का स्थानीयवासी सूर्य बुढा भने नर्सरीमा ग्राफ्टिङ गरिएका ओखर र स्याउको रेखदेख गर्न भ्याइनभ्याई छ । स्याउ र ओखर नर्सरी अहिले बुढाका लागि घरमै बसेर आम्दानी गर्ने भरपर्दो काम बनेको छ ।

बुढाको रोजगारी भनेको कालापहाड जाने हो । अहिले कालापहाड छाडेर ओखर खेती नै परिवार पाल्ने माध्यम बनेको छ । बुढाले भने, “कोरोना भाइरस सङ्क्रमण कम गर्ने जारी निषेधाज्ञाले सबै क्षेत्र ठप्प भएका बेला उनी जस्तै यहाँका किसानलाई भने निषेधाज्ञाले खासै फरक परेको छैन, यहाँका किसान आफ्नौ बारीमै व्यस्त छन् ।” यो वर्ष ओखरबाट रु पाँच लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएको बुढाले बताए ।

गत वर्ष झण्डै एक हजार स्याउका बिरुवा बेचेका बुढाले यस वर्ष ७०० ओखरका बिरुवा ग्राफ्टिङ्ग गरेका छन् । तुलनात्मक रूपमा स्याउभन्दा ओखर ग्राफ्टिङ कमै सफल हुन्छ । जुम्लामा स्थानीय स्याउ प्रतिबिरुवा रु ५० देखि १०० र ओखर प्रतिबिरुवा रु एक हजारमा बिक्री हुने गरेको छ । तातोपानी गाउँपालिका–८ का विष्णु थापाले पनि व्यावसायिक नर्सरी खेती गरेका छन् । नर्सरीमा जङ्गली हाडे ओखरको मौज्दात प्रयोग गरिँदै आएको उनले बताए । जुम्लामा कूल १७० हेक्टरमा ओखर खेती भइरहेको प्रधानमन्त्री कृषि आधुनिकिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख नवराज भण्डारीले बताए ।

पछिल्लो समयमा यहाँका किसानले ओखर खेतीमा राम्रो गरेका छन् । जिल्लामा करीब नौ हजार कृषकले ओखर खेती गरेको पाइन्छ । ओखर खेतीको राम्रो सम्भावना हुँदाहुँदैपनि बिरुवा उत्पादनमा चुनौती देखिएको प्रमुख भण्डारीले जानकारी दिए । उनले भने, “किसानका नर्सरीमा ५० प्रतिशत र अनुसन्धान केन्द्रमा झण्डै ७० प्रतिशत ग्राफ्टिङ सफल हुने गरेको छ, अहिले जुम्लाको ९० हेक्टर क्षेत्रफल जमीनमा ओखर फलिरहेको छ ।” औसतमा एक रूखमा ३० किलोसम्म ओखर उत्पादन हुने गरेको प्रमुख भण्डारीले बताए ।

गत वर्ष यहाँ २७० मेट्रिक टन ओखर उत्पादन भएको थियो । कूल उत्पादनको ३० प्रतिशतबाहिर निर्यात हुने गरेको छ भने ६० प्रतिशत स्थानीय बजारमै खपत हुन्छ । सिजनमा कृषकले ओखर प्रतिदाना रु पाँचदेखि १० सम्ममा बिक्री गर्छन् । यस वर्षदेखि ओखरको तथ्याङ्क तयार पार्ने, ओखरका जात छुट्टिने गरी नर्सरी स्थापना गर्ने, गुणस्तरहीन उत्पादन गर्नेलाई निरुत्साहित गर्नेलगायत काम भइरहेको छ ।

हालसालै टर्कीबाट आयात गरिएका बिरुवाको गुणस्तरीयता अध्ययन गर्ने र उक्त ओखर लगाएका कृषकसँग अन्तरक्रिया कार्यक्रम पनि भइरहेको प्रधानमन्त्री कृषि आधुनिकिकीकरणा परियोजनाले जनाएको छ । परियोजनाका अनुसार कर्णाली प्रदेशमा एक हजार १०७ हेक्टरमा ओखर खेती हुन्छ । तीन सय ५० हेक्टर उत्पादनशील क्षेत्रफलबाट करीब एक हजार ४०० मेट्रिकटन ओखर उत्पादन हुने गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकीरण परियोजना जिल्लामा सञ्चालन भएदेखि यहाँका किसानलाई स्याउदेखि ओखरसम्म खेती गर्नेलाई निकै राहत मिलेको बताइन्छ । यहाँको गुठिचौर गाउँपालिका–५ काडाखोला जलजलामा फुजी स्याउ बगँैचा स्थापना गर्नका लागि रु २५ लाखका बिरुवा र रु २२ लाखको थोपा सिँचाइ योजना अनुदानमा दिइएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख भण्डारीले बताउनुभयो । जिल्लामा झण्डै तीन हजार ४५० हेक्टरमा स्थानीय जातको स्याउ उत्पादन हुँदै आएको कृषि विकास कार्यालयले जनाएको छ । पछिल्लो समयमा जिल्लाका किसान फुजी जातको स्याउ व्यावसायिक खेतीमा आकर्षण भएका छन् ।

वि.सं.२०७८ जेठ ९ आइतवार ०७:१८ मा प्रकाशित

यस्तो छ बजारमा आजका लागि कृषि उपजको थोक मूल्य

यस्तो छ बजारमा आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

कति तोकेको छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

कति तोकेको छ समितिले आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...