back
CTIZAN AD

सरकारले अनुमति नै नदिएको धानको बीउ एग्रोभेटमा विक्रि वितरण

वि.सं.२०७८ जेठ ९ आइतवार

723 

shares

९ जेठ, नवलपुर । सरकारले अनुमति नै नदिएको धानको बीउ जिल्लाका विभिन्न एग्रोभेटमा बिक्री वितरण भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को संयोजनमा कृषि ज्ञान केन्द्रले गरेको अनुगमनका क्रममा देवचुली नगरपालिकास्थित रजहरमा अवैध धानको बीउ बिक्री वितरण भएको पाइएको हो ।

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत मीरा चौधरीले रजहरको चौधरी एग्रो सेन्टर र मगल भेट फर्माबाट अवैध रूपमा बिक्री भइरहेको ३२० किलो धानको बीउ बरामद गरिएको बताउनुभयो । चौधरीका अनुसार अनुगमन टोलीले ती पसलबाट बिपिटी ५२०४ जातको धानको बीउ ८० किलो र सुपर सोना काभेरी जातको धानको बीउ २४० किलो बरामद गरेको छ ।

सरकारले अनुमति नै नदिएको धानको बीउ बिक्री गर्ने एग्रोभेटलाई आफूहरूले सचेत बनाएर छोडेर चौधरीले बताए । कृषकले धानको बीउ राख्ने समय भएको र गत वर्ष किसान ठगिएका कारण यस पटक त्यस्तो हुन नदिन र कालोबजारी रोक्न अनुगमन गरिएको बाली संरक्षण अधिकृत चौधरीले जानकारी दिए । जिल्लाका तीनवटा कृषि सहकारीले बीउ परीक्षण गरेर आधिकारिक रूपमा किसानलाई उपलब्ध गराइरहेका भन्दै चौधरीले सोही स्थानबाट खरीद गर्न किसानलाई आग्रह गरे ।

अनुगमनका क्रममा अधिकांश एग्रोभेटले बिक्री गर्ने विषादी र कुखुराका दाना तथा औषधि एकै ठाउँमा राख्ने गरेको, विषादी बिक्री वितरणको अनुमतिपत्र नवीकरण नगरेको, म्याद सकिएका विषादी तथा सामग्री राख्ने छुट्टै ठाउँ नबनाएको भेटिएको चौधरीले बताए । कृषि ज्ञान केन्द्रले तीनवटा टोली बनाएर जिल्लाका एग्रोभेट र भेटेरिनरी पसलमा अनुगमन गरेको थियो । बाली संरक्षण अधिकृत चौधरीले सरकारले प्रतिबन्ध लगाएका धानको बीउ नकिन्न र जिल्लामा बिक्री भएको थाहा पाए आफूहरूलाई जानकारी गराउन आग्रह गरेका छन् ।

वि.सं.२०७८ जेठ ९ आइतवार ०७:१२ मा प्रकाशित

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी...