back
CTIZAN AD

‘सत्ताधारी वर्गले वैधता गुमाएपछि नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ’

वि.सं.२०७८ जेठ ९ आइतवार

804 

shares

९ जेठ, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले सत्ताधारी वर्गले बैद्यता गुमाएपछि नक्ली बैद्यता सिर्जना गर्न अनेक प्रयत्न गर्ने टिप्पणी गरेका छन् ।

यस्ता अनेक प्रयत्न गरेपनि परिणाम विपरित हुने र उसले जति जति त्यस्तो चर्तिकला देखाउँदै गयो क्रान्तिले वैधता पाउँदै जाने समेत उनले बताएका छन् ।

‘सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पङ्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ,’ सामाजिक संजालमा नेता भुसालले लेखेका छन्, ‘वास्तवमा परिणाम विपरित हुन्छ । उसले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउँदै जान्छ ।’

नेता भुसालले सत्ताले समस्या व्यक्तिमा देख्ने र साम, दाम, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउने समेत उनले बताएका छन् ।

‘यसबारे माक्र्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरुको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो । अथवा यसरी भनौँ – राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गथ्र्यो भने आजका विश्व विद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जा शास्त्र कै पढाई हुन्थ्यो ।’ उनले लेखेका छन् ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शनिबार पुनः नेता वरिष्ठ नेता माधवकुमार नेपाल लगायत केही सांसदलाई कारबाही गर्ने निर्णय गरेपछि नेता भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

वि.सं.२०७८ जेठ ९ आइतवार ०९:४४ मा प्रकाशित

मौसममा बदली, वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

मौसममा बदली, वर्षा घट्यो, विस्तारै तराईमा तातो बढ्दै

काठमाडौँ । विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन...

काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले...

तीन करोडको सुनसहित वीरेन्द्रनगरबाट पक्राउ परे व्यापारी अग्रवाल

तीन करोडको सुनसहित वीरेन्द्रनगरबाट पक्राउ परे व्यापारी अग्रवाल

कर्णाली । सुर्खेत प्रहरीले रु तीन करोड बराबरको सुनसहित व्यापारी...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...