back
CTIZAN AD

अनि बा लाई हतकडि लगाइयो

वि.सं.२०७८ जेठ ९ आइतवार

3.4K 

shares
पुष्पलाल पाण्डे

माघे झरी निरन्तर झरीरहेको त्यो मौसमै चिसो थियो । २०४६ माघ २५ को दिनझमझम मााघे झरी परीरहेको यिथो । खोइ के कारण हो विध्यालय पनि विदा थियो । मौसम चिसो भएपनि हाम्रो घरमा रहेका हामी सबैलार्ई खलखलि पसीना आइरहेको थियो । पसीनाको कारण थियो, हाम्रा अभिभावक तथा शिक्षक ऋषिराम पाण्डेले ल्याउनु भएको खवर । खवर थियो बुबालार्ई प्रहरीले पक्रिएको । यो खबरसँगै कोहि भन्दै हुनुहुन्थ्यो, पहिला पहिलाझैँ यसपालि टोमलाललार्ई लामो समय जेल राख्ने सम्भावना छैन । सान्तवना दिन हो वा अन्य कुनै कारण हो हाम्रो घरमा धेरै मानिसहरुको भेला थियो । अरु कसैले थप्नु भयो यसपाली वाममोर्चा र काङ्ग्रेस मिलेका छन् राजा फाली छोड्छन ।

म पिताजिलाई भेट्न हजुरआमासँग तम्घास कारागार पुग्दा पिताजिलाई हातमा सिक्रिले बाँधेर गाडिमा चडाइँदै थियो । गाउँमा चोरलाई साङ्ग्लोले बाँधेको देखेको मेरा लागी त्यो दृश्य जीबनकै सबैभन्दा अत्यासलाग्दो थियो । शौभाज्ञय नै मान्नुपर्छ पिताजिलाई जेल सारको बहानामा हत्या गर्न तयार पारिएको प्रहरी टिमका एकजना प्रहरी अधिकृत आन्दोलन प्रती सहानुभूती राख्दा रहेछ्न र पिताजिको हत्या हुन पाएन ।

त्यहाँ सवैका आ–आफ्ना तर्क थिए । तर मेरो बाल मस्तिस्कमा भने हाम्रै चौकिको लामा लामा जुँगा भएको, भ्यात्त भुँडी बाहिर निस्कीएको, खाकिमाथि रातो टोपि लगाएको जुँगै हवल्दारको दिगमिग अनुहार मात्र नाँचिरहेको थियो । बुबालार्ई पक्रिने त्यो जुँगे हवल्दारका जुँगा उखेल्ने जोस भित्रभित्रै उम्लिंदो यियो । मैले जानेको पुलिस भनेको त्यहि थियो । हिजो मात्रै त्यहि जुँगेले हो सिरानको तलाबाट फाँके भरीको चामल आँगनमा फालीदिएको । मधुस फोरेर हजुरआमाले राखेको मह पोखाइदिएको । चामल र धान मिसाइदिदै हाम्लार्ई अपशब्द गाली गरेको ।

तर बुबालार्ई जुँगेले पक्रिएको होइन रहेछ । यो सत्य तिस वर्षपछि हिजो मात्रै बुबाका सहयोद्धा लुम्बिनी प्रदेस सांसद कमल श्रेष्ठबाट थाहा पाएँ । बुबालार्ई २०४६ सालको ऐतिहासिक जनआन्दोलनको तयारीका लागि वाममोर्चाको बैठकमा जाँदै गर्दा सिमीचौरबाट पक्रिएको रहेछ । बुबालार्ई पुलिसले पक्रिएको यो पहिलो पल्ट थिएन ।

०४६ सालको ऐतिहासिक जनआन्दोलन फागुन ७ बाट सुरु हुँदै थियो । राजाको मनसुवा हुँदो हो पन्चायतलार्ई अझै केहि समय लम्व्याउने । त्यहि भएर होला मेरा बुबा जस्ता हजाराै बुबाहरुलार्ई आन्दोलन सुरु नहुँदै पञ्चायति पुलिसले पक्रिइसकेको थियो ।

घरमा बुबालाई भेट्न जाने सुरसार सुरु गर्नु भयो हजुरआमाले । जिल्ला सदरमुकाम पुग्न तीन घण्टाको उकाली ओराली बाटो तय गर्नुपर्ने । त्यतिन्जेल बुबालाई हिरासतवाट कारागार चलान गरीसकेको खवर आइसकेको थियो । आन्दोलनको ज्वरो गाँउगाँउ फैलिइसकेको थियो । राति राति राँका वालेर नारा लाग्न थालेका थिए । गाउँ र शहर मात्रै होइन जेलमा रहेका राजवन्दीहरुले पनि जुलुस निकालीरहेका भन्ने सुनिन्थ्यो । त्यतिन्जेल तमघास जेल राजवन्दिहरुले खचाखच भइसकेको यियो । कारागारमा टोमलाल पाण्डे, सुरेस भुसाल, मधुकृष्ण पन्त, खड्क केसी, अनिल श्रेष्ठ, तारा पाण्डे, कुलबहादुर राना, सम्भु ज्ञवाली, जय प्रतापमल्ल, माधव ज्ञवाली, टङक पोखरेल, पुस्करनाथ पाण्डे, अग्नीधर लोहनी, पुष्पानन्द गिरी र महेश जिसीलगायतका राजवन्दीहरुले तम्घास कारागारलाई नै आन्दोलनको केन्द्र बनाइसकेका थिए । भेट्न जानेहरुबाट गन्जी र कट्टुको रुपमा भित्र लगिएका राता र काला कपडालाई झण्डा बनाएर राजवन्दिहरुले कारागारलाई नै सडक बनाइदिएका थिए । राजवन्दी रहनुभएका शम्भु ज्ञवालीका अनुसार तत्कालीन प्रमुख जिल्ला अधिकारी रामकृष्ण पन्तले राजवन्दीहरुलाई असाध्यै निकृष्ट व्यवहार गर्दथे । जेलर यमबहादुर थापाले गर्ने व्यवहार उत्तिकै तुच्छ हुन्थ्यो । तर राजवन्दीहरु निरास थिएनन । प्रजातन्त्रको झुल्के घामसँगै विहानीआउने अभिलासा थियो । राजवन्दी रहनु भएका सुरेस भुसालका अनुसार पिताजी र भुसाल जस्ता लामो जेल अनुभव भएका राजवन्दीहरुले अनेक उत्साहाका कथा सुनाएर आशा र भरोसा श्रृजना गरिहाल्थे ।

जेल सार र हत्या प्रयास
०४६ को जनआन्दोलन उत्कर्सतर्फ जादै थियो । गुल्मीका बाम तथा काङ्ग्रेसका नेताहरु तम्घास कारागारमा थिए । टोमलाल पाण्डे, सुरेस भुसाल, मधुकृष्ण पन्त, खड्क केसी, अनिल श्रेष्ठ, तारा पाण्डे, कुलवहादुर राना, सम्भु ज्ञवाली, जय प्रतापमल्ल, माधव ज्ञवाली, टङक पोखरेल, पुस्करनाथ पाण्डे, अग्नीधर लोहनी, पुष्पानन्द गिरी र महेस जिसीलगायतका जिल्लाका प्रभाबसाली नेता थुनिए पनी आन्दोलनले उचाइ लिइरहेको थियो । पञ्चहरु हतास थिए । आन्दोलनले उत्कर्सता लिइरहदा पञ्चहरु नेताहरुको हत्या गरेर भएपनी आन्दोलन दबाउने तयारिमा थिए । त्यतिबेला जेल सार्नु भनेको राजबन्दिको हत्या गर्ने तयारी मानिन्थ्यो । चैत्र २ पिताजीलाई पनि जेल सार्ने बहानामा पाल्पा नजिकैको कुनै जङ्गलमा लागि हत्या गर्ने दाउमा पञ्च प्रसासन थियो । म पिताजिलाई भेट्न हजुरआमासँग तम्घास कारागार पुग्दा पिताजिलाई हातमा सिक्रिले बाँधेर गाडिमा चडाइँदै थियो । गाउँमा चोरलाई साङ्ग्लोले बाँधेको देखेको मेरा लागी त्यो दृश्य जीबनकै सबैभन्दा अत्यासलाग्दो थियो । शौभाज्ञय नै मान्नुपर्छ पिताजिलाई जेल सारको बहानामा हत्या गर्न तयार पारिएको प्रहरी टिमका एकजना प्रहरी अधिकृत आन्दोलन प्रती सहानुभूती राख्दा रहेछ्न र पिताजिको हत्या हुन पाएन ।

२०४६ को आनदोलनमा पन्च्यायती हिरासतमा रहनुभएका नेता टिकाराम ढकालका अनुसार पिताजीलाई हत्या हुनबाट बचाउने प्रहरी अधिकारी जय बहादुर चन्द थिए । चन्दले बुबालाई पाल्पाको चण्डी भन्ज्याङ्ग वा दोभान आसपासमा गोली हानी मार्ने तयारी रहेकोले सुत्दा, हिँड्दा र खाँदा मलाई नछोड्नुहोला भनेकोले सोहि वमोजीम गरेकाले आफू बाँचेको स्वयम् बुबाले पनि बताउनुहुन्थ्यो ।

नेकपा एमाले गुल्मीका तत्कालीन अध्यक्ष तथा मेरा पिताजी टोमलाल पाण्डेको सातौं स्मृती दिवसमा उहाँप्रति भावपूर्ण श्रद्धान्जली ।

 

वि.सं.२०७८ जेठ ९ आइतवार ०९:१९ मा प्रकाशित

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...