back
CTIZAN AD

विपक्षी गठबन्धन भोली मात्रै सर्वोच्च जाने, १४९ बढि सांसदको हस्ताक्षर जुटेको दाबी

वि.सं.२०७८ जेठ ९ आइतवार

624 

shares

जेठ ९, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व विपक्षी गठबन्धनले सोमबार मात्रै सर्वोच्च अदालतमा रिट निवेदन दिने भएको छ । माधव नेपाल पक्षका सांसदहरुको हस्ताक्षर नजुटेको र अन्य तयारी पुरा नभएसँगै गठबन्धन भोली मात्रै अदालत जाने निर्णयमा पुगेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार रिट तयार गर्न समय लागेकाले सोमबार जाने निर्णय गरिएको हो । ‘रिट तयार हुँदै छ, बेलुकासम्म मात्रै रिट तयार हुन्छ, श–शरीर उपस्थित भएर हामी अदालतमा रिट दर्ता गर्न जाने तयारीमा छौं’, सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै प्रचण्डले भनेका छन्, ‘आजै जाने हाम्रो विचार थियो, तर समय पुगेन । हामी भोली फस्ट वावरमै हामी पुग्छौं ।’

प्रचण्डले १४९ भन्दा बढि सांसदको हस्ताक्षर संकलन भएको बताएका छन् । माधव पक्षका सांसदहरु नआएको चर्चा भईरहेका बेला प्रचण्डले यस्तो दाबी गरे ।

‘केही चिन्ता नलिनुहोला, अस्ती हस्ताक्षर गरेका १४९ मा अझै केही सांसद थपिनुभएको छ,’ प्रचण्डले भने।

आइतबार सर्वोच्च अदालत जाने भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको माधव समूहका सांसदहरु बानेश्वरमा भेला भएका थिए ।

वि.सं.२०७८ जेठ ९ आइतवार १५:५५ मा प्रकाशित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस...

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

गोताखोरको दैनिक भत्ता दुईसय मात्र !

चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २००...

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएकबे...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...