back
CTIZAN AD

जिल्ला प्रशासनद्वारा आफूखुशी अर्थ सङ्कलन नगर्न आग्रह

वि.सं.२०७८ जेठ ९ आइतवार

609 

shares

९ जेठ, चितवन । जिल्ला प्रशासन कार्यालयले आफूखुशी अर्थ सङ्कलन नगर्न सूचित गरेको छ ।

कार्यालयले आज एक सूचना प्रकाशित गरी कोभिडका सन्दर्भमा सहयोग गर्ने नाउँमा आफूखुशी आर्थिक सङ्कलन नगर्न भनेको हो ।

कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, “कतिपय सङ्घसंस्थाले आफूखुशी कोष स्थापना गरी आर्थिक सङ्कलन गरेको गुनासो प्राप्त हुन आएकाले कोभिड–१९ को रोकथाम एवं नियन्त्रणका लागि कसैले स्वेच्छिक रुपमा रकम जम्मा गर्न चाहेमा एकद्वार प्रणालीमा रही गर्नु ।”

सूचनामा एकद्वार प्रणालीअन्तर्गत रही वाणिज्य बैंक सिंहदरबार परिसर शाखामा रहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं १९६०००००११०१ मा रकम जम्मा गर्न सकिने उल्लेख छ । सूचनामा जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर र अस्पताल भर्ना हुने दरसमेत अत्यधिक बढिरहेको स्मरण गराइएको छ ।
रासस

वि.सं.२०७८ जेठ ९ आइतवार १५:२९ मा प्रकाशित

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस...